अन्तत : निर्मला हत्या तथा बलात्कारमा ‘अभियूक्त’ बने बिष्ट, आजै डिएनए परीक्षण गरियो

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले निर्मला पन्त बलात्कार–हत्या प्रकरणको सत्यतथ्य पत्ता लगाउन निलम्बित एसपी डिल्लीराज विष्ट तथा घटनामा संलग्न रहेको आरोप लगाउँदै कारबाहीको माग गरिएका अन्य २ जनाको डिएनए परीक्षण सुरु गरेको छ।

अनुशन्धानमा हेलचेक्र्याइँ गरेको आरोपमा निलम्बनमा परेका एसपी डिल्ली विष्ट सहति तिन प्रहरीको डीएनए परिक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्जका फोरेन्सिक विज्ञ प्राध्यापक डा. हरिहर वस्तीले नमुना संकलन गरेर प्रहरीलाई बुझाएका छन् ।

मृतकको योनीबाट लिइएको स्वाबुको डीएनए परिक्षणमा भेटीएको पुरुषको डीएनए अभियुक्तका रुपमा सार्वजनिक गरिएका दीलिपसिंह विष्टसँग नमिलेका कारण उनलाई छाडिएको २ दिनपछि निलम्बित एसपी विष्ट सहित २ जनाको डीएनए परिक्षण गर्न लागिएको हो।

डा. वस्तीले आज बिहान डीएनए परिक्षणका लागि निलम्बित एसपी विष्ट सहित २ जनाबाट नमुना संकलन गरेर प्रहरीलाई बुझाएको बताए ।

अघि मुख्य अभियुक्त मानिएका दिलिप सिंह विष्टको डिएनए परिक्षण गर्दा घटनामा संलग्न नरहेको पाइएपछि सामान्य तारेखमा मंगलबार रिहा गरिएको थियो। उनीसँगै घटनामा संलग्न रहेको आशंकामा गिरफ्तार गरिएका रोसनी बमलाई सामान्य तारेखमा तथा बबिता बमलाई ३० हजार रुपैयाँ धरौटीमा छोडिएको थियो।

शंकास्पद मानिएका तीन जनाको घटनामा संलग्नता नदेखिएपछि प्रहरीले नयाँ शिराबाट अनुसन्धानलाई अगाडि बढाएको हो।

न्यायको लागि हाल काठमाडौं आएका निर्मलाका बुवाआमा तथा आफन्तले निलम्बित एसपी विष्ट, उनका छोरा तथा मेयरका भतिजाको पनि डिएनए परिक्षण हुनुपर्ने माग राखेका थिए।

घटना भएको ४९ दिन पुगिसक्दा पनि प्रहरी निर्मला पन्तको हत्यारा पत्ता लगाउन सकिरहेको छैन् ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search