अब भिख मागे जेल, माग्न लगाउनेलार्इ झनै कडा कारवाही

काठमाडौं । भदौ १ गतेबाट लागु हुने मुलुकी अपराध (संहिता) ऐनले भिखारीलार्इ पनि कानुनी कठघरामा उभ्याउने भएको छ। साधु सन्तबाहेक कसैले भिक्षा मागेमा उ जरिवानाको पात्र मात्र बन्दैन् जेल जानुपर्ने हुनसक्छ। ऐनमा भिक्षा माग्न वा माग्न लगाउन नहुने उल्लेख छ । ऐनको दफा १२६ मा उल्लेख गरिएको छ ‘कसैले कुनै सार्वजनिक स्थानमा भिक्षा माग्न वा बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा वा कुनै काम गर्ने बाहनामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा भिक्षा माग्न दुरुत्साहन दिनुहुँदैन।’

सार्वजनिक स्थल भनेर सडक, गल्ली, पार्क, बसपार्क, सरकारी कार्यालय र सार्वजनिक सवारी साधन किटान गरिएको छ । यी स्थानहरुमा भिक्षा मागेमा पटकपिच्छे थप सजाय र मागेको रकम पनि जफत गर्ने कानुनमा व्यवस्था छ। ऐनमा भएको कानुनी व्यवस्था अनुसार कसैले भिक्षा मागेमा पहिलो पटक १ महिना कैद र १ हजार जरिवाना, दोस्रो पटक वा त्यसपछि पनि भिक्षा मागरिहेको खण्डमा हरेक पटक २ हजार जरिवाना वा २ महिनासम्म कैद गरिनेछ।

भिक्षा माग्नेलार्इ मात्र नभर्इ माग्न लगाउनेलार्इ झन कडा कारवाही हुने भएको छ। भिक्षा माग्न लगाउनेलार्इ पहिलो पटक १ वर्षसम्म कैद वा १० हजार जरिवाना र त्यसपछि पनि भिक्षा माग्न लगाएमा ३ वर्षसम्म कैद वा ३० हजार जरिवाना तिर्नुपर्ने कानुनी व्यवस्था रहेको छ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice