अाज २०५औं भानुजयन्ती, विविध कार्यक्रम गरि आदिकवि भानुभक्त सम्झना

काठमाण्डौं । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको आज २०५ औं जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरि मनाइदैछ । तनहुँको चुँदी रम्घामा वि.सं. १८७१ असार २९ गते जन्मेका आचार्य बाबु धनञ्जय आचार्य र आमा धर्मावती देवीका छोरा हुन् । बाजे श्रीकृष्ण आचार्यको रेखदेखमा शिक्षादीक्षा हासिल गरेका उनले भारतको वाराणसीमा पनि केही समय शिक्षा लिएका थिए। संस्कृत भाषामा रहेको रामायणलाई नेपाली जनबोलीमा ढालेका आचार्यले रामायणलगायत प्रश्नोत्तर, भक्तमाला वधुशिक्षा, रामगीता लगायत थुप्रै फुटकर रचना लोकप्रिय छन् । उनको निधन १९२५ मा भएको थियो । भानु प्रतिष्ठानले प्रभातफेरी र प्रज्ञा प्रतिष्ठानमा रहेको आदिकविको शालिकमा माल्यार्पण गरि भानुजयन्ती मनाउदैछ । नेपालीभाषीको बहुलता रहेका भारतका विभिन्न भागमा कार्यक्रम गरी भानुभक्त आचार्यको सम्झना गरिँदैछ । भानुजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानको काठमाडौंमा ‘हिमवत्खण्ड कला साहित्य सम्मेलन’ आयोजना आयोजना गर्दैछ । ३१ गतेसम्म चल्ने सम्मेलन्को प्रधानमन्त्री केपी शर्मा अोलीले गर्नेछन्। तीनदिने कार्यक्रमअन्तर्गत शुक्रबार चन्द्रागिरिमा साहित्य र कलासम्बन्धी कार्यशाला पनि हुनेछ। समारोहमा विश्वभरका नेपाली एवं नेपाली मातृभाषी विद्वान्, भाषाविद्, प्राध्यापक, साहित्यकार, कलाकार, सहभागी हुने बताइएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice