आईसीसी विश्व टी-ट्वान्टी छनोट: नेपाली स्पिनरसामु चिनियाँ टोली धरासायी, २६ रनमै अलआउट

काठमाण्डौ । आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह ‘बी’  अन्तर्गत जारी खेलमा चीनले नेपालसामु जीतको लागि २७ रनको लक्ष्य प्रस्तुत गरेको छ। मलेसियाको वायुमास ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको चीनले १३ ओभरमा सबै विकेट गुमाउदै मात्र २६ रन जोड्न सक्यो। नेपालका लागि सन्दीप लामिछाने, ललित राजवंशी र बसन्त रेग्मीले समान तीन विकेट लिए।

चीनलार्इ सस्तोमै समेटिन दोस्रो ओभरको अन्तिम बलमा पहपलो विकेटको रुपमा चीनका लिङ सुन नेपाली स्पिनर ललित राजवंशीको बलको सिकार  भएका थिए। सातौ ओभरको दोस्रो बलमा चीनका चेन जिनफेङ र तेस्रो बलमा चेन जियारानलार्इ सन्दीप लामिछाेले आउट गरेका थिए। आठौ ओभरको पहिलो बलमा चीनका तिआन सेन रन आउट भएका थिए। त्यस्तै आठौँ ओभरको अन्तिम बलमा बसन्त रेग्मीले चीनका हङ जियान यानलार्इ आउट गरेका थिए। नवौँ ओभरको अन्तिम बलमा सन्दीप लामिछानेले चीनका ह्वाटिय लिलार्इ आउट गरेका थिए। १० औँ ओभरको अन्तिम बलमा बसन्त रेग्मी चीनका डिजे झुलार्इ आउट गरेका थिए। १२ औँ ओभरको तेस्रो बलमा बसन्त रेग्मी चीनका वार्इ वाङलार्इ आउट गरेका थिए। नवौँ विकेटको रुपमा ललित राजवंशीले १३औँ ओभरको पहिलो बलमा डेङ्झी मालार्इ आउट गरे। अन्तिम विकेटको रुपमा चीनले शियु फेङलार्इ ललित राजवंशीको विकेटको रुपमा गुमाउदै अलआउट भयो।

 

प्रतिक्रिया दिनुहोस्
X
Type to search