आयोगको प्रहरीलाई निर्देशन : ‘निर्मलाको भेजाइनल स्वाब सुरक्षित राख्नू’

काठमाडौँ ।  राष्ट्रिय मानवअधिकार आयोगले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको यौनिक स्वाव सुरक्षित राख्न निर्देशन दिएको छ ।

आयोगले केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा मृतक निर्मला पन्तबाट संकलित यौनिक स्वाव (Viginal Swab) को नमूनाहरू र सो नमूनाबाट पृथककीकरण डि.एन.ए (Isolated DNA)लगायतका सबूतहरू जे जस्तो अवस्थामा छन् सोही रुपमा सुरक्षित राख्न प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौँलाई निर्देशन दिएको हो ।

राष्ट्रिय मानवअधिकार आयोगले घटनाको सन्र्दभमा गरिएका चिकित्सकीय जाँच तथा सबूदहरूको वैज्ञानिक परीक्षणका सम्बन्धमा राय-सुझाव लिने उद्देश्यले कानूनी चिकित्सा विज्ञ र डि.एन.ए विज्ञहरूसँग आज आयोगमा गरेको छलफलपछि यस्तो निर्देशन दिएको हो

छलफलका क्रममा डि.एन.ए परिक्षण प्रतिवेदन र शव परिक्षण प्रतिवेदनका प्रतिलिपिहरूको समेत सूक्ष्म अध्ययन गरिएको थियो । त्यसैगरी आयोगले मृतक निर्मला पन्तको यौनिक स्वाव नमूना संकलन गरी केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाउँदा अपनाइएको प्रक्रियाको बारेमा जानकारी गराउन महाकाली अञ्चल अस्पताल, कञ्चनपुरलाई पनि पत्राचार गरिएको जनाएको छ ।

छलफलमा आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्ती, सदस्य सुदिप पाठक, त्रि.वि.फरेन्सिक मेडिसिन विभागका कानूनी चिकित्सा विज्ञ डा. हरिहर वस्ती, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका डि.एन.ए विज्ञ वैज्ञानिक डा. दिनेश झा, आयोगका नि. सचिव मुरारिप्रसाद खरेल, उपनिर्देशक लोकनाथ वास्तोलालगायत आयोगका कर्मचारीहरूको उपस्थिति रहेको आयोगका नि. सचिव मुरारिप्रसाद खरेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search