एमबिबिएस परिक्षा सकेर फर्केका १४ बिद्यार्थी, कोही धावनमार्गमै ज्यान गुमाए, कति मृत्यसँग लड्दै

काठमाडौं । सोमबार बंगलादेशको ढाकाबाट एमबिबिएसको परिक्षा सकेर युएस–बंगला एयरलाइन्सबाट १४ नेपाली बिद्यार्थी स्वदेश फर्किदै थिए । उनीहरु नेपाल त आए तर आफ्नो घरमा सकुशल पुग्न सकेनन् । कतिपयले अन्तराष्टिय विमान स्थलको धावन मार्गमा जिवन त्यागे भने कतिपय अस्पतालमा मृत्युसँग लडिरहेका छन् ।

सोमवार दिउँसो अन्तराष्टिय विमानस्थलमा युएस–बंगला एयरलाइन्सको विमान दुर्घटना हुँदा ४९ जनाले ज्यान गुमाएका छन् । नेपालदेखि बंगलादेशसम्म घटनाले स्तब्ध तुल्याएको छ । ७१ जना सवार विमानमा ४९ जनाले ज्यान गुमाएका छन् भने अन्य अस्पतालको बेडमा छन् । चालक दलका चारै जनाको निधन भएको छ ।

त्रिभूवन विमानस्थलले पाइलटका कारण दुर्घटना भएको दावी पेश गरेको छ । तरपनि सत्यतथ्य छानविन गर्न सरकारले ६ सदस्यीय छानविन समिति बनाएको छ । विमान स्थलका अनुसार दिइएको निर्देशन अनुसार पाइलटले विमान अवतरण नगरी अर्काे क्षेत्रबाट अबतरण गर्न खोज्दा दुर्घटना भएको बताएको छ ।

त्रिभुवन विमानस्थलभित्र भएको सबैभन्दा ठूलो दुर्घटना हो । यसअघि टर्किस एयरको जहाज अवतरण क्रममा दुर्घटनाग्रस्त भए पनि मानवीय क्षति भएको थिएन । टर्किस र विमान बंगला दुवै जहाज अवतरण क्रममा धावनमार्गभन्दा बाहिर गएर दुर्घटनामा परेका हुन् । विमानमा ३३ नेपाली, ३२ बंगलादेशी, एक चिनियाँ र एक माल्दिभ्सका नागरिक रहेको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ । चालक दलका सबै सदस्य बंगलादेशी नागरिक रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का महानिर्देशक सञ्जीव गौतमले बताए । यात्रुमध्ये ३७ पुरुष, २८ महिला र दुई बालबालिका हुन् ।

दुर्घटनामा ज्यान गुमाउने २२ नेपाली, २१ बंगलादेशी, एक चिनियाँ र एक माल्दिभ्सका नागरिक भएको महानिर्देशक गौतमले जानकारी दिए । चालक दलका चारै सदस्यको निधन भएको छ । दुर्घटनामा घाइते भएका यात्रुमध्ये ११ नेपाली र ११ बंगलादेशी छन् ।

विमानस्थलको टावर कन्ट्रोल रुम र पाइलटबीच नियमित संवाद हुँदाहुँदै विमान दुर्घटनामा परेको बताइएको छ । विमानस्थलको कन्ट्रोल रुमबाट बाहिरिएको गोप्य संवादमा पाइलटको विमानस्थलसँग नियमित सम्पर्क भइरहेको देखिन्छ । तर, चालकले कन्ट्रोल रुमको निर्देशन पालना नगर्दा विमान दुर्घटनामा परेको प्रारम्भिक रिपोर्टले देखाएको छ ।
ज्यान गुमाउने नेपाली

दुर्घटनामा ज्यान गुमाउने नेपालीमा शिला बजगाईं, चारु बराल, सोविन्द्र सिंह बोहरा, प्रवीन चित्रकार, सजना देवकोटा, ज्ञानीकुमारी गुरुङ, प्रसन्न पाण्डे, हरिशंकर पौडेल, सञ्जय पौडेल, कृष्ण कु। सहानी, आस्ना शाक्य, एन्जिला श्रेष्ठ, सरुना श्रेष्ठ, बालकृष्ण थापा, अवधेशकुमार यादव, एन्जिला बराल, पूर्णी लोहनी, श्रेया झा, मिली महर्जन, निगा महर्जन, सञ्जय महर्जन र श्वेता थापा छन् ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search