‘ओली र प्रचण्डले मात्र मेरो घरमा मार्सी चामल खाएनन्,गिरिजा र विश्वप्रकाशले पनि खाए’

काठमाडौं । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले भक्तपुरस्थित दुर्गा प्रसाईँको घरमा खाएको मार्सी चामलको भात अहिले सरकारमाथी प्रहार गर्ने प्रतिपक्षको बलियो हतियार बनेको छ । डा. गोविन्द केसी जुम्लामा अनशन बसेपछि मार्सी चामलको निकै ठुलो हल्ला चलेको छ । मेडिकल सञ्चालक प्रसाई घरमा खाएको मार्सी चामललाई लिएर कांग्रेस र विवेकशिल साझा पार्टीले प्रधानमन्त्रीलाई चामल नै विहीबार उपहार दिन पुगे । डा. केसीको समर्थनमा भन्दै कांग्रेस र विवेकशिल साझा पार्टीका कार्यकर्ता बालुवाटार पुगिरहेका बेला प्रसाईले भने राजधनीमा पत्रकार सम्मेलन गरेका छन् ।
‘मेरो घरमा प्रधानमन्त्री केपी ओली– पुष्पकमल दाहालले मात्रै नभएर विपी, गिरिजाप्रसाददेखि विश्वप्रकाश शर्मासम्मले खाना खाएका छन्’ बि एण्ड सी टिचिङ्ग अस्पतालका कार्यकारी निर्देशक समेत रहेका प्रसाईँले भने ‘मुलुकमा स्थिर सरकार र राजनीतिक स्थायित्वको लागि मैले भूमिका खेलेको हुँ, मेरो घरमा विपीले पनि खाना खानुभएको छ, गिरिजाले पनि खानुभएको छ, नरहरी आचार्य, विश्वप्रकाश शर्माले पनि खाना खानुभएको छ, कांग्रेस, साझा विबेकशिल पार्टी एक भएर अघि बढ्छन् भने मार्सि चामलमात्रै होईन, बास्मतीको भात खुवाउन तयार छु, बिरोधको लागि बिरोध नगरौं, बिना कारण कसैलाई माफिया नभनौं, मुलुकको विकास र समृद्धिको लागि आफ्नो तर्फबाट लागौं ।’

प्रसाईले पूर्वाञ्चलको झापामा रहेको बि एण्ड सी टिचिङ्ग अस्पतालको सम्बन्धन प्रक्रिया यथाशक्य पूरा गर्न सरकारसमक्ष माग गरे। उनले आफू तीन वर्षदेखि अन्यायमा परेको र काठमाडौं बाहिर सुदुरपूर्वमा अस्पताल खोल्दा पनि माफियाको आरोप खेपिरहेको दुःखेसो पोखे।

गोविन्द केसी र उनका समर्थकले माफिया भनेको उनले आपत्ति जनाएका छन् । ‘मैले कसैको पैसा लुटेको होईन, बिहान उठ्दा पत्रिका पढ्न समेत डर लाग्छ, खाली माफिया, माफिया भनेर लेखेका छन्, अरु मेडिकल कलेजहरुले गल्ति गरेका छैनन् भन्दिन तर गल्ति नै नगरेको ब्यक्तिलाई माफिया भनेर भन्दा मन दुख्दो रहेछ ।’

उनले अघि थपे, ‘म ०५६ सालबाट जनयुद्धमा होमिएको र ६ महिना सैनिक हिरासत भोगेको मानिस हुँ, समाजवादको लागि यो मेडिकल सरकारी बनाउनुपर्छ भने पनि म तयार छु, सरकारले चलाउने हिम्मत राख्छ भने अहिले नै छोड्न तयार छु, गोविन्द केसीले उपत्यकामा मेडिकल कलेज खोल्न पाईदैन भन्नुभयो, मैले सुदुरपूर्वमा खोलें आज उहाँ मेरो कलेजलाई र मनमोहन मेडिकल कलेजलाई रोक्न उद्धत रहुनभएका कारण मैले उहाँको अनशनलाई राम्रो नभनेको हुँ, हो, उहाँका जायज मागहरु पूरा हुनुपर्छ, छानविन गरेर मापदण्ड नपुगेका मेडिकल कलेजमाथि कारबाही गर्नुपर्छ, यो मेरा पनि माग हो ।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice