कमेडी सम्वादले भरिएको ‘१२ मासे’को ट्रेलर सार्वजनिक

काठमाडौँ । कमेडी जनरामा तयार भएको ‘१२ मासे’को ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा एक कार्यक्रम गर्दै सिनेमाको ट्रेलर सार्बजनिक गरिएको हो ।

हाँस्य कलाकारहरुको बाहुल्यता रहेको यो सिनेमामा जुवा तासमा हल्लिने युवा तथा बृद्धहरुको कथालाई उठाइएको छ । ट्रेलरमा अधिकांश कमेडी सम्वादहरु रहेका छन् ।

ट्रेलर सार्वजनिक कार्यक्रममा सिनेमाका निर्देशक लय संग्रौलाले सिनेमा बिशुद्ध हाँस्य प्रदान रहेको बताए । साथै आफ्नो सिनेमामा नचलेका कलाकारहरु रहेको स्विकार्छन् । उनले हामीहरु मल्टिप्लेक्समा हिट हुने कलाकार होइनौं समेत भन्न भ्याए ।

कार्यक्रममा नक्कली प्रचण्ड भनेर चिनिने सिनेमाका स्क्रिप्ट लेखक तथा निर्माता प्रदीप पाठकले कमेडी प्रस्तुती समेत दिएका थिए । यस सिनेमामा जय किशन बस्नेत, पूजना प्रधान, मरिचमान श्रेष्ठ, पुरन थापा, प्रदीप पाठक, सोनिका बास्तोला, सबनम दाहाल, राधा श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

सिनेमामा अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको छ । बसु न्यौपानेले छायांकन गरेको यस सिनेमालाई अनन्त घिमिरेले सम्पादन गरेका हुन् । सिनेमा आउँदो भदौ १ गतेबाट प्रदर्शनमा आउँदैछ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice