कर्णाली प्रदेश सरकारद्वारा राहत वितरण

 

काठमाण्डौं । कर्णाली प्रदेश सरकारले रुकुम पश्चिम आठबीसकोट नगरपालिकाका बाढीपहिरो पीडितलाई राहत वितरण गरेकोे छ ।आज नगरपालिकामा आयोजित कार्यक्रममा कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले उनीहरुलाई राहत वितरण गरेकी हुन ।

विगत केहि दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोले नगरपालिकाका विभिन्न ठाउँमा करिब रु चार करोड मूल्य बराबरको धनमाल क्षति भएको थियो ।बाढीपहिरोबाट पूर्ण रुपमा विस्थापित ३१ घर परिवारलाई राहत वितरण गरिएको छ । कर्णाली प्रदेश सरकारले प्रति घर परिवार २० हजारका दरले रु ६ लाख २० हजार राहत वितरण गरेको आठबीसकोट नगरपालिकाले जनाएको छ ।

सो अवसरमा मन्त्री विमला केसीले एकीकृत नमुना बस्ती विकासका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै विकास निर्माणका काम प्रभावकारी ढङगले नगर्दा र मापदण्ड नपु¥याउदा नै विपत्ति आइलागेको बताइन । विकास निर्माण कार्यलाई प्रभावकारी बनाउन तथा एकीकृत बस्ती विकासका लागि आफूले सक्दो पहल गर्ने बताउँदै उनले बाढीपहिरोको जोखिममा रहेका बस्तीलाई उपयुक्त ठाउँको छनोट गरी स्थानान्तरण गर्नुपर्नेमा जोड दिएकी छिन ।

यसैबीच मन्त्री केसीले बाढीपहिरोबाट सबैभन्दा बढी प्रभावित भएका आठबीसकोट नगरपालिका– ११ धुर्सेनीको आज स्थलगत अध्ययन, अनुगमन र निरीक्षण समेत गरेकी छिन । ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search