कानुनमन्त्रीको प्रतिबद्धतापछि गंगामायाले अनशन तोडिन्

काठमाडौं । छोराका हत्यारालाई कारवाहीको माग गर्दै लामो समयदेखि अनशन बसिरहेकी गोरखा भुजेलकी गंगामाया अधिकारीले आज अनशन तोडेकी छिन् । कानुनमन्त्रीले दुई बुदे लिखित सहमति गरेपछि उनले अनशन तोडेकी हुन् । उनलाई राष्टिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जु्स खुवाएका थिए ।

हत्या अभियोगि छविलाल पौडेलले अदालतमा आत्मसमर्पण गरेर जेल गएपछि गंगामायाले अनशन तोडेकी हुन् । १० दिनभित्र आफ्ना माग पुरा नभए पुन अनशन बस्ने चेतावनी उनले दिएकी छिन् ।
छोराका हत्यारालाई कारवाहीको माग गर्दै उनका पतिको पनि मृत्यु भइसकेको छ । हत्यारालाई कारवाही नभएसम्म उनको अन्त्यष्टि नगर्ने भन्दै परिवारले शव बुझन समेत मानेका छैनन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice