क्यारबियन प्रिमियर लिगमा संदिप लामिछानेको शानदार प्रर्दशन, पहिलो खेलमै २ विकेट

 

काठमाडौँ । युवा लेग स्पिनर सन्दीप लामिछानेले क्यारबियन प्रिमियर लिगको आफ्नो पहिलो खेलमै उत्कृष्ट प्रर्दशन गरेका छन् । क्यारबियन प्रिमियर लिग(सीपिएल) मा सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्सबाट खेलेको संदिपले पहिलो खेलमा चार ओभर खेल्दै २ विकेट लिएका छन् भने १२ रन मात्र खर्चेका छन् । गुयाना अमेजन वारियरका दुई स्टार खेलाडीको विकेट लिदै उनले आफ्नो प्रर्दशनलाई उत्कृष्ट राखेका छन् । संदीपले पहिलो बलमा वेस्टइन्डिजका चडविक वाल्टनलाई ९ रनमा र चौथो ओभरको दोस्रो बलमा जासन मोहमदलाई १६ रनमा आउट गरेका छन् ।

आइपीयल हुँदै सिपियल पुगेका संदिप क्रिस गेलको कप्तानीमा खेलिरहेका छन् । आजको खेलमा कप्तान क्रिस गेलले तुफानी पारी खेल्दै ८६ रन बनाएका छन् । उनको टिमले १४६ रन बनाएको छ । जवाफी ब्याटिडमा उत्रेको गुयाना अमेजन वारियरले सजिलै आफ्नो लक्ष्य भेटाएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice