गंगामायाका छोरा नुरप्रसाद पक्राउ, आमालाई जिम्मा लगाउने प्रहरीको तयारी

काठमाडौं । गोरखा भुजेलकी गंगामाया अधिकारीको आग्रहमा छोरा नुरप्रसाद अधिकारीलाई प्रहरी पक्राउ गरेको छ । गंगामायाका अर्का छोरा कृष्णप्रसाद अधिकारी हत्याको सुनुवाई आइतवार चितवन अदालतमा भइरहेका बेला अर्का छोरा नुरप्रसादलाई भने प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । छोरा नुरप्रसाद लामो समयदेखि आमा गंगामायको सम्पर्कमा थिएनन् ।

महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धीरज प्रताप सिंहले प्रहरीले कुनै मुद्दाको आधारमा नभई आमा गंगामाया अधिकारीले खोजि गरिदिन आग्रह गरेपछि उनलाई पक्राउ गरिएको बताए । पक्राउ परेका नुरप्रसादलाई आमा गंगामायको जिम्मा लगाउने तयारी प्रहरीले गरेको छ । लामो समयको अनशन तोडेपनि गंगामाया वीर आस्पतालमै छन् । बाबु नन्दप्रसादको अनशनमै मृत्यु भएदेखि नुरप्रसाद आमाको सम्पर्क बाहिर थिए ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search