चलचित्र छक्कापञ्जा ३ आजबाट नेपाल भर प्रदर्शनमा

काठमाण्डौ ।  धेरै दर्शकलाई प्रतिक्षा थियो । चलचित्र छक्का पञ्जा तिन रिलिजको दिन कहिले आइ पुग्ला ? अब भने दर्शकको प्रतिक्षाको घडि समाप्त भएको छ । यस बर्षकै सर्वाधिक प्रतिक्षित मानिएको चलचित्र छक्का पञ्जा ३ आज बाट अल नेपाल प्रदर्शनमा आएको छ । नेपाली चलचित्र सधै शुक्रवार बाट प्रदर्शनमा आउने भए पनि दशैको घटस्थापना लाई केन्द्रित गर्दै चलचित्र आज बाट प्रदर्शनमा आएको हो । हास्य कलाकारहरुले भरि भराउ भएको चलचित्रले दर्शकलाई चलचित्र हेर्न सहज होस भन्ने उद्देश्यले अग्रिम टिकटको व्यवस्था समेत मिलाएको थियो ।

यस अघि निर्माण भएका चलचित्रहरुले मनोरञ्जनलाई प्राथमिकतामा राखेको थियो तर यस चलचित्रमा भने मनोरञ्जन सगै शिक्षा समेत दिने प्रयास गरेका छौ । चलचित्रमा शिक्षा क्षेत्रमा हुने राजनितीलाई मुख्य कथाबस्तुका रुपमा प्रस्तुत गर्ने प्रयास गरिएको चलचित्रका निर्माता दिपकराज गिरीले जानकारी दिए । ६ एकान ६ बाट सुरु भएको यो यात्रा वडा नम्वर ६, छक्का पञ्जा, छक्का पञ्जा २ हुदै छक्का पञ्जा ३ सम्म आइपुगेको छ । चलचित्र छक्का पञ्जा ३ का २ वटा गीत यस अघि नै रिलिज भइसकेका छन् ।

चलचित्रमा समाबेश पहिलो नम्वरमा बोलको गीतले छोटो समय भित्रमा नै दर्शकको राम्रो साथ पायो युटुवमा १ करोड भिउ पुगेको उपलक्षमा चलचित्र युनिटले केक  काटेर शेलिव्रेशन नै गरेको थियो । दिपक शर्माको संगीतमा रहेको उक्त गीतमा डेबिट शंकर र बिन्दु परियारको स्वर रहेको छ । यो गीतले  हालको दिन सम्ममा १ करोड ६४ लाख ३ हजार ६ सय ५० भिउ कटाइ सकेको छ ।  यो गीतको चर्चा सेलाउन नपाउदै चलचित्र छक्का पञ्जा ३ को अर्को गीत सार्वजनिक भयो ।

पछि उमेर ढल्किन्छ बोलको उक्त गीत पनि यतिबेला सर्वाधिक चर्चामा छ । अर्जुन पोखरेलको संगीत रहेको उक्त गीतमा निशान भट्टराइ र एन्जिला रेग्मीको स्वर रहेको छ । चलचित्रको ट्रलर तथा रिलिज डेट घोषणा भए सगै सीने बजारमा चलचित्रको चर्चा ह्वात्तै बढेको थियो । यस अघि आमा सरस्वती मुभिज प्रा लि मा बनेका चलचित्र सीने बजारकै उदाहरणिय भएका कारण पनि यस चलचित्रले सबैको ध्यान केन्द्रित गरिदिएको छ ।

यो व्यानमा निर्माण भएको पहिलो चलचित्र ६ एकान ६ लाई दिनेश डीसी ले निर्देशन गरेका थिए । हास्य टेलिश्रींखला बाट चलचित्र क्षेत्रमा प्रवेश गरेको यो टिमले निर्माण गरेको उक्त चलचित्रलाई दर्शकले राम्रो साथ दिए । पहिलो चलचित्रले सफल व्यापार गरेपछि यो टिमलाई अझ हौसला मिल्यो र सोहि टिमले अर्को चलचित्र वडा नम्वर ६ निर्माण गर्यो । चलचित्र वडा नम्वर ६ लाई उज्वल घिमिरे ले निर्देशन गरेका थिए । यो युनिटले निर्माण गरेको अघिल्लो चलचित्र जस्तै यो चलचित्रले पनि दर्शकबाट अत्यन्तै राम्रो साथ पायो ।

चलचित्र वडा नम्वर ६ ले आमा सरस्वती मुभिजलाई ब्राण्डका रुपमा स्थापित गर्यो । राम्रो चलचित्र निर्माण गर्न सके दर्शकको राम्रो साथ पाउन सकिन्छ भन्ने उदाहरण पनि यस चलचित्रले प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search