चार बोतल ल्याको छु, भन कस्तो पिउ, हे माननीय ज्यू…

काठमाडौं । ‘पाइल जान पाम’ जस्ता गीतबाट निकै चर्चा र विवादमा परेकी कोमल ओली राष्ट्रिय सभा सदस्यको जिम्मेवारीमा मात्र सिमित हुन सकिनन् । तीजमा सधै नयाँ गीतबाट चर्चा बटुल्ने कोमल ओली राष्ट्रियसभाको सांसद बनेपछि गायन पेशाबाट विदा लिने सवैले अनुमान थियो । तर उनले अनुमानलाई गलत सावित गर्दै सांसदलाई मुख्य विषयबस्तु बनाएर तीज गीत बजारमा ल्याएकी छिन् । सांसद र घुसलाई मुख्य बिषय बस्तु बनाइएको ‘माननीयज्यू’ शिर्षकको तीज गीत बजारमा ल्याएकी छिन् ।

‘तिम्लाई कति सहयोग गरे छ होला नी हेक्का, एउटा टेण्डर खुल्यारहेछ पार्नु परयो ठेक्का’ गीतमा एक जना ठेकेदारले भन्छन् ‘चार बोतल ल्याको छु, भन कस्तो पिउ, हे माननीय ज्यू…।’ जवाफमा कोमल ओली भन्छिन् ‘तिम्ले ल्याको चार बोतल तिमी आफै खाउँ, ढाको बाहिर जाउ, मनको पाप पखालेर बल्ल भित्र आउ……….बरु सहुँला मैले हजार चोट, मलाई घुस खुवाउन आउनेको चाहिदैन भोट ।’

चर्चित गायिक ओलीको परिचय अब गायिकामा मात्र सिमिति छैन, उनी माथिल्लो सदन राष्ट्रिय सभाको सदस्य पनि छन् । सांसदहरुलाई ठेकेदार, आफ्न्त, घरका दाजुभाईले कसरी भ्रष्टाचार गर्न उकास्छन्, त्यस बिषयमा उनले गीत मार्फत सार्वजनिक गरेकी छिन् ।

नेपाली लोकगितका क्षेत्रमा निकै चर्चित गायक पशुपति शर्माले गीतको बोल लेखेका हुन् । निकै चोटिला शब्द बिन्यास गर्न सक्ने शर्माले ‘माननीयज्यू’ गीतमा पनि निकै चोटिला शब्दको प्रयोग गरेका छन् । माननीयलाई काम गराउन मदिरादेखि ध्यूसमेत दिन आउने गरेको चर्चा गीतमा गरिएको छ । अनेक उपहार लिएर माननीयको घरमा आउने गरेको तर सांसद कोमल ओलीले आफ्नो काम ठेक्का पट्टा, सरुवा, नियुक्ति गर्ने नभएको जवाफ गीत मार्फत दिने गरेकी छिन् । त्यसपछि घुस दिन आउने ब्यक्तिले अर्काे चुनावमा सहयोग नगर्ने धम्कि दिन्छन र जवाफमा कोमल ओलीले घुस दिनेको भोट आफुलाई नचाहिने बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search