‘चिच्याएर न्याय माग्न म माइतिघर आउँदैछु, निर्मलाका हत्याराले सिंहदवारबाट चिहाउनु’

निर्मलालाई काठमाडौं । निर्मला बलात्कारपछि हत्या प्रकरणले दिनदिनै नयाँ मोड लिन थालेपछि सिंहदरबारमाथी जवरजस्त जनदवाव बढ्न थालेको छ ।

कञ्चनपरको भीमदत्त नगरपालिकादेखि काठमाडौंका माइतिघरसम्म जनदवाव शिर्जना भएको छ । ‘सिंहदरबारमा लुकिराखेका निर्मला पन्तका बलात्कारी र हत्याराहरू भदौ ३० गते शनिबार १ बजे माइतीघर मण्डलतिर चिहाएर हेर्नु’ सामाजिक सञ्जालबाट जनदवाव बढाउँदै समाजिक अभियन्ता शिवानीसिंह थारु ट्वीटरमा लेखेकी छिन् ‘त्यहाँ म आफ्नो आत्मसम्मानको लागि आउँनेछु, न्यायका लागि चिच्याउनेछु ।’

विहीबार निर्मलाका आमाबाबुसहितले माइतिघर मण्डलामा दीप प्रज्वलन गरे । समाजिक सञ्जालहरुमा निर्मलाका हत्यारालाई कठघरामा उभ्याउन # justice for Nirmala अभियान थालिएको छ । निर्मलाका हत्यारलाई पहिचान गरी कानुनी कठघरमा उभ्यानउ नागरिक समाज, अधिकारकर्मीहरु सडकमा आउन थालेका छन् भने सञ्चारमाध्यमले पूर्णरुपमा सहयोग गरिरहेका छन् ।

नागरिक समाज, अधिकारकर्मी र निर्मलाका आमाबाबुले एउटै स्वरमा ‘निर्मलालाई न्याय दे’ भन्दै आवाज उठाइरहेका छन् तरपनि सरकारले ठोस देखिने र अनुभूति हुने कदम चालेको छैन । निर्मलाका आमाबाबुले न्यायको याचना प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मलाई गरिसकेका छन् । तरपनि सिहदरवार हल्लिएको छैन ।

निर्मला हत्या प्रकरण दिन दिनै रहस्यमय बन्दै गएको छ । कञ्चनपुरबासी हत्यारा शक्तिशाली भएको बताउँछन् तर शक्तिशाली हत्यारा को हो ? अहिले न राज्यले पहिचान गर्न सकेको छ नत कञ्चनपुरबासीले प्रस्ट भन्न नै सकेका छन् ।

कञ्चनपुरबासीले शंकाको घेरामा राखेका निलम्बित एसपी डिल्लीराज बिष्ट, उनका छोरा र भीमदत्त नगरपालिकाका मयेरका भतिजाको डिएनए परिक्षण विहीबारदेखि सुरु भएको छ । उनीहरु पनि छानविनको दायरामा आएका छन् । यसअघि स्थानीयले शंका गर्दा पनि उनीहरुको छानविनको दायरामा आएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search