च्याम्पियन्स लिगः म्यानचेष्टर युनाइटेडसंग युभेन्टस पराजित

काठमाण्डौ । युरोपियन च्याम्पियन्स लिगमा इंग्लिश क्लब म्यानचेष्टर युनाइटेडले इटालियन क्लब युभेन्टसलाई पराजित गरेको छ । गएराति भएको खेलमा युभेन्टस सम्हालिन नसक्दा युनाइटेडसंग २–१ गोल अन्तरको हार बेहोर्न बाध्य भएको हो । पहिलो हाफको खेल गोल रहित बरावरीमा सकिएको थियो ।

दोस्रो हाफको ६५ औं मिनेटमा युभेन्टसका क्रिष्टियानो रोनाल्डोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलमा युभेन्टस सम्हालिन नसक्दा खेलको ८६ औं मिनेटमा युनाइटेडका जुवान माटाको गोल खान पुग्यो । त्यसैगरि खेलको अन्तिम समय ९० औं मिनेटमा युभेन्टसका डिफेन्डर बोनुसीले आत्मघाती गोल गरेपछि युनाईटेडले जित निकालेकाे हाे ।

समूह एच मा रहेको यी टोली मध्ये ९ अंक सहित युभेन्टस समूहको शीर्ष स्थानमा छ भने युनाइटेड ७ अंक सहित दोस्रो स्थानमा छ । त्यसैगरि भ्यालेन्सििया तेस्रो र योङ व्वाइज समूहको पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search