डाक्टर केसीलाई जबरजस्ती काठमाडौं ल्याइन्छ – मन्त्री पोख्रेल

काठमाडाै । शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले जुम्लामा अनशन बसिरहेका वरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसीलाई जवरजस्ती भएपनि काठमाडौ ल्याएरै छाड्ने बताएका छन् । राजधानीमा कार्यक्रमका बिच मन्त्री पोख्रेलले जुम्लामा उनीसित वार्ता नहुने पनि स्पष्ट पारेका छन् । यसो गर्दा सरकारले केसीप्रति बल प्रयोग गरेको भनेर समाचार नलेख्न पत्रकारलाई आग्रह गर्दै उनले भने “केसीको स्वास्थ्य कमजोर हुँदै गयो र मौषमले साथ दियो भने जवरजस्ती गर्नुपर्ने हुन सक्छ” ।
चिकित्सा क्षेत्रमा विकृति र भ्रष्टाचार मौलाएको तथा काठमाडौ बाहिर पनि मेडिकल कलेज खोल्नुपर्ने माग राखी त्रिवि शिक्षण अस्पतालमा कार्यरत डाक्टर गाविन्द केसी लामो समयदेखि अनशन बस्दै आएका छन् । यस पटक उनी जुम्लामा अनशनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search