डा. केसीको जीवनमाथि सरकारले खेलवाड गरिरहेको सभापति देउवाको आरोप

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले नियतवश नै डा.गोविन्द केसीको जीवनमाथि खेलवाड गरिरहेको आरोप लगाएका छन् । सरकार विवेकको बाटो नहिँडेको भन्दै सभापति देउवाले यसले गम्भीर दुर्घटना निम्त्याउने चेतावनी समेत दिए ।

सोमबार विज्ञप्ति जारी गरी देउवाले सरकार आफैले केसीको जीवन तलमाथि हुने परिस्थितिको सिर्जना गरेको आरोप लगाएका हुन् ।
‘डा.केसीको जीवनमा तलमाथि हुन सक्ने परिस्थितिको निर्माण वर्तमान सरकारले नियतवश गरिरहेको गम्भीर आशंका उव्जिएको छ’ देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘अप्रिय घटना भएका खण्डमा सम्पूर्ण दोषको जिम्मेवारी सरकारको हुने मात्रै होइन, चिकित्सा शिक्षामा सुधारको अभियानका प्रति नै गम्भीर घात हुने चेतावनी समेत दिन चाहन्छु ।’

आफू नेतृत्वको सरकारले चिकित्सा शिक्षामा सुधार गर्ने उद्देश्यका साथ चिकित्सा शिक्षा विधेयकलाई अध्यादेश मार्फत जारी गरेको भन्दै देउवाले त्यो अध्यादेशकै हुवहु विधेयक प्रस्तुत गर्नु नै अहिलेको जटिलताको विवेकसम्मत हल भएको दावी गरे ।

चिकित्सा शिक्षामा सुधारका लागि अनसनरत डा। केसीसँग वार्तामार्फत माग सम्वोधन गरी उनको जीवनरक्षाका अग्रसरता लिन पनि माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search