डा. केसीको भोकमा कांग्रेसको आत्मतृप्ती !

चुनावमा कांग्रेसको चारतारे झण्डा बोकेर उनी काठमाडौका गल्लिमा भोट मागेको क्यामराको लेन्सले मात्र भेटेन, नागरिकका आँखाले पनि झलझलती देखेकै हुन् ।

काठमाडौं । जुम्लामा अनशनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौंको माइतिघरमा दैनिक प्रर्दशन भइरहेका छन् । एकथरी डा. केसीको समर्थनमा सेता कपडा लगाएर विरोधमा उत्रेका छन् भने अर्काे थरी निर्वाचनमा नागरिकले दिएको झापडबाट रन्थनिएका राजनीतिककर्मी माइतिघर पुगेका छन् ।

डा. केसीलाई हतियार बनाएर गुमेको राजनीतिक साख जोगाउन कांग्रेस, विवेशशिल साझा पार्टी र नयाँ शक्ति माइतिघर मण्डलामा पुग्ने गरेका छन् । उनीहरुको स्वार्थ डा. केसीका माग पुरा गराउने होइन, सरकारबिरुद्ध लड्ने हतियारका रुपमा डा. केसीलाई प्रयोग गर्नु हो । विगतदेखि नै डा. केसी पनि कांग्रेसबाट प्रयोग हुँदै आएका छन् । चुनावमा कांग्रेसको चारतारे झण्डा बोकेर उनी काठमाडौका गल्लिमा भोट मागेको क्यामराको लेन्सले मात्र भेटेन, नागरिकका आँखाले पनि झलझलती देखेकै हुन् ।

डा. केसीले उठाएका माग जायज होलान र छन् पनि । तर त्यसलाई पुरा गराउने निहुँमा कांग्रेसको राजनीतिक साख जोगाउने कुटनीतिक कार्यको प्रयास भइरहेको छ । डा. केसीको भोकमा कांग्रेसले आत्मतृप्ती लिदैछ । आत्मतृप्ती लिने ठाउँ पनि सरकारले दिइरहेको छ । एकथरी कथित बुद्धिजिवीहरु मार्सी चामललाई भजन सम्झेर कुवाको डिलमा बसि बाँसुरी फुकिरहेका छन् र भनिरहेका छन् ‘डा.गोविन्द केसी कांग्रेस होइनन्, कांग्रेसकै पालामा धेरै अनशन बसेका छन् ।

अब कुवाको डिलमा बसेर बाँसुरी बचाउने कथितहरुलाई प्रश्न । डा. केसी सवैभन्दा बढि कांग्रेस नेतृत्वको सरकारबिरुद्ध अनशन बसेका हुन् भने उनका माग किन सम्वोधन भएन ? सरकारमा हुँदा माग पुरा नगराउने अहिले केसीका माग पुरा गराउ भन्दै आस्था च्यानलमा जोगि बर्वराएजस्तै बर्वराउने कांग्रेससँग डा. केसीका समर्थकको किन एउटै भान्सा ? किन माइतिघरमा हट प्रेमको सुगन्ध ? किन डा. केसीको समर्थनमा कांग्रेसको चारतारे झण्डा माइतिघरमा फराइयो ? किन सर्वसत्ताबाद भन्दै सरकारबिरुद्ध नाराबाजी गरियो ? डा. केसीको भोकहड्ताल सर्वसत्ताबादी विरुद्ध हो ? यस्को जवाफ दिनै पर्दछ र नागरिकले खोज्नै पर्दछ ।

अझै अर्काे प्रश्न, डा. केसीको समर्थनमा सेतो पोषाकधारी डाक्टरहरु प्लेकार्ड बोकेर माइतिघरमा दैनिक हाजिरी जनाउँछन् । अस्पतालमा विरामी छोडेर कुललाम माइतिघर पुग्ने डाक्टरहरुले ‘माफिया सरकार चाहिदैन’ भन्दै प्लेकार्ड बोकी नारा घन्काउँछन् । उनीहरुको सरोकार डा. केसीले उठाएका माग पुरा गराउने हो या सरकारको राजीनामा माग्ने हो ?

सरकारको राजीनामा नै उनीहरुको पहिलो रोजाई हो भने कांग्रेससँग उनीहरुको राजनीतिक एजेण्डा पनि मिल्यो । कांग्रेसँग राजनीतिक एजेण्डा मिलाउँदै जाने हो भने डा. केसीका माग सम्वोधन होइन, ओझेलमा पर्ने निश्चित छ । डा. केसी र उनका समर्थकलाई कांग्रेसको राजनीतिबाट अलग भएर हेर्न पनि आम नागरिकले सक्दैनन् ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search