त्रिशूली बस दुर्घटनामा मृत्यु भएका आठ मध्ये पाँचको सनाखत, घाईतेको उपचार हुदैँ

चितवन । चितवनको चुम्लिङटारबाट त्रिशुली नदीमा बस खस्दा आठ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

मृतकमध्ये पाल्पा बेगनास कालिका गाँउपालिका बस्ने ३२ बर्षीय अर्जुन न्यौपाने, तनहुँ भानु नगरपालिका ५ का २७ बर्षीय सुमित श्रेष्ठ, तनहँ भन्सारकी २७ बर्षीया कमला श्रेष्ठ, काठमाण्डौका ३० बर्षीय रबिन गुरुङ र तनहुं केशवटारका ४० बर्षीय बाबुराम तिवारीको सनाखत भएको छ ।

बालक, उपचारको क्रममा मृत्यु भएका एक र एक महिलाको सनाखत हुन बाँकी रहेको चितवनका प्रहरी प्रवक्ता (डिएसपी) प्रभु ढकालले जानकारी दिनु भयो । काठमाडौंबाट पोखरा जांदै गरेको ना ६ ख २५०६ नम्बरको बस इच्छाकामना गाँउपालिका ३ चुक्लिङटारबाट त्रिशुली नदीमा खसेको हो । सडक छेउमा धोएर निकाल्दै गरेको ना ५ ख ७४०९ नम्बरको ट्रकसँग ठक्कर खाँदा बस त्रिशुलीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

उद्धारकर्ताका अनुसार बस खोँचमा अड्केका कारण नदीमा पुग्नबाट रोकिएको हो । डोरीको सहायताबाट उद्धार गरिको प्रहरीले बताएको छ । घाइते मध्य ७ जनाको पुरानो मेडिकल कलेज भरतपुर,४ जनाको मनकामना अस्पताल भरतपुर, ५ जनाको पोखरा र १ जनाको मलेखुमा उपचार भैरहेको चितवनका प्रहरी प्रमुख सुशीलसिंह राठौरले जानकारी दिनुभयो ।

घाइते मध्य ६ जनाको अबस्था गम्भीर छ भने अन्यको सामान्य छ । ठक्कर दिने ट्रक चालकलाई जोगीमारा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । बस सडकबाट एकसय मिटर तल त्रिशुलीमा खसेको हो ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search