थपिएका स्थानीय तहमा जेठ ३१ मा निर्वाचन गराउन नसक्ने आयोगको स्पष्टोक्ती

निर्वाचन आयोगले हालै थप भएका स्थानीय तहरुमा निर्वाचन गराउन नसक्ने जनाएको छ । सरकारले हालै मात्र तराई मधेका १२ जिल्लामा २२ स्थानीय तह थप गर्नुका साथै दुई उमहानगरपालिका वीरगञ्ज र बिराटनगरलाई महानगर र २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गर्ने निर्णय गरेको थियो ।
त्यस अनुसार चुनावको व्यवस्था गर्न सरकारले आयोगलाई पत्राचार गरेको थियो । सरकारको पत्र पाएपछि बिहीबार बसेको निर्वाचन आयोगको बैठकले यसअघि प्रकाशित निर्वाचन कार्यक्रम अनुसार ४६१ स्थानीय तहमा चुनाव गराउने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ ।

आयोगले थपिएका २२ स्थानमा जेठ ३१ मा चुनाव गर्न नसकिने बताएको छ । आयोगले निर्धारित मिति जेठ ३१ मा बाँकी रहेकामध्य ४६१ स्थानीय तहमा मात्र चुनाव गर्ने सकिने र सोको लागि वातावरण बनाइदिन सरकारलाई आग्रह समेत गरेको छ ।


परिवर्तित गाँउपालिका तथा नगरपालिकाहरुमा परिवर्तित ठेगना अनुरुप मतदाता परिचयपत्र छाप्न र बाँँकी रहेको अवधीभित्र सो स्थानमा पुगेर वितवरण गर्न समेत आयोग प्राविधिक रुपमा सक्षम नभएको उस्ले विज्ञप्तीमा जनाएको छ ।

थपिएका गाँउपालिका तथा नगरपालिकाहरुमा जेठ १५ गतेभित्रै मुख्य निर्वाचन अधिकृतका कार्यलय खडा गर्न, त्यस्तै ति स्थानका लागि वाँकी समयभित्र मतपत्र छाप्ने,नयाँ मतदाता परिचयपत्र वितवरण गर्ने लगायतका प्राविधिक काम सोही मिति भित्र गर्न आयोग असमर्थ रहेको जनाइएको छ ।
त्यस्तै वाँकी रहेका ४६१  तहमा तोकिएकै मितिमा निर्वाचन गर्नका लागि वातावरण तयार गरिदिन आयोगले सरकारसँग आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search