दुई दशकपछि फ्रान्स विश्व च्याम्पियन, लुका मोडरिचलाई गोल्डेन बल, ह्यारी केनलाई गोल्डेन बुट

काठमाडौं । रसिया विश्वकप फुटवलको उपाधी फ्रान्सले जितेको छ । २० बर्षपछि फेरी फ्रान्सले उपाधी हात पारेको हो । पहिलो पटक फाइनलमा पुगेको क्रोएसियालाई ४, २ ले पराजित गर्दै फ्रान्स विश्व च्याम्पियन बनेको हो ।

फ्रान्सको जितमा एन्टोनी ग्रीजमन, पउल पोग्बा र किलिएन एमबाप्पेले एक एक गोल गरेका थिए । खेलको पहिलो गोल भने क्रोएसियाका मारियो मान्डुकिचले आत्मघाती रुपमा उपहार दिएका थिए । दोस्रो गोल रेफ्रीको कमजोरीले पेनाल्टी पाएाके थियो फ्रान्सले । क्रोएसियाका लागि लागि इभान पेरिसिक र मान्डुकिचले गोल गरेका थिए ।
२० वर्षपछि फ्रान्सले उपाधि जित्दा सन् १९९८ मा कप्तान रहेका डिडिएर डेसच्याम्पस नै प्रशिक्षकको भूमिकामा रहे। उनी यस्तो सफलता हात पार्ने मारियो जागोलो र फ्रान्स बेकनबाउर पछि तेस्रो व्यक्ति बनेका छन्।

गोल्डेन बल लुका मोडरिचलाई

फाइनलमा फ्रान्ससँग पराजित भएपनि क्रोएसियाका कप्तान लुका मोडरिचले विश्वकप २०१८ को गोल्डेन बल अवार्ड जितेका छन्। क्रोएसियालाई पहिलो पटक फाइनल पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका उनले उत्कृष्ट खेलाडी हुँदै गोल्डेल बल जितेका हुन्। यस्तै तेस्रो भएको बेल्जियमको एडेन हाजार्डले शिल्भर तथा फ्रान्सका एन्टोनी ग्रीजमनले ब्रोन्ज बल जिते।

यस्तै च्याम्पियन फ्रान्सका युवा स्टार किलिएन एम्बाप्पेले बेस्ट योङ प्लेअरको अवार्ड जितेका छन्। सर्वाधिक ६ गोल गरेका इंग्ल्याण्डका कप्तान ह्यारी केनले गोल्डेन बुट जिते। ४ गोल गर्नुका साथै २ एसिस्ट गरेका ग्रीजमनले सिल्भर बुट तथा ४ गोल र एक असिस्ट गरेका बेल्जियमका रोमेलु लुकाकुले ब्रोन्ज बल जिते।

बेल्जियमका गोलकिपर थिबाउट कोर्तवाले उत्कृष्ट गोलकिपर हुँदै गोल्डेन ग्लोभ्स अवार्ड जिते। स्पेनले फेयर प्लेको अवार्ड जित्यो।

प्रतिक्रिया दिनुहोस्
X
Type to search