‘नाई नभन्नु ल ५’ को शीर्ष गीत सार्वजनिक, सिनेमा भदौ ८ बाट प्रदर्शनमा आउने

काठमाडौँ । विकास राज आचार्यको लेखन तथा निर्देशन रहेको सिनेमा ‘नाई नभन्नु ल ५’ को शीर्ष गीत सार्वजनिक भएको छ । मेलिना राईको आवाज रहेको यस गीतमा दिनेश थपलियाका शब्द छन् भने बसन्त सापकोटाले संगीत भरेका छन् । कविराज गहतराजको कोरियोग्राफी रहको यस गीतलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

गीतमा सिनेमाका मुख्य कलाकार स्वस्तीमा खड्का र अभिशेक नेपाललाई फिचर गरिएको छ । यस सिनेमामा अभिनेत्री स्वस्तीमाको बाल्यकालको भूमिकामा नव–बालकलाकार स्याड्रिना शर्माले निर्वाह गरेकी छिन् ।

उता अभिशेकको बाल्यकालको भूमिकामा कलाकार अनुभव रेग्मी छन् । यस सिनेमामा दिलिप रायमाझी, निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, अनुभव रेग्मी, स्याड्रिना शर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । वान टाईम सिनेमाको ब्यानरमा निर्माण भएको यस सिनेमालाई विकास राज आचार्यले निर्माण तथा निर्देशन गरेका हुन् ।
सिनेमामा पुरुषोत्तम प्रधानको छायांकन, अर्जुन जीसीको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, सामिप्यराज तिमिल्सिना र विकासराज आचार्यको लेखन छ ।

भदौ ८ गतेदेखि प्रदर्शनमा आउने ‘नाई नभन्नु ल ५’ मा हरिबोल भण्डारी र गौरीराज जोशीको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search