निर्मलाका लागि न्याय माग्दै धनगढीमा प्रर्दशन

धनगढी । कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको लागि न्याय माग्दै आज प्रदेश ७ को अस्थायी राजधानी धनगढीमा पनि प्रर्दशन गरिएको छ। स्वतन्त्र नागरिक समाज कैलालीको आह्वानमा न्याय माग्दै स्थानीयले प्रर्दशन गरेका हुन्।

विभिन्न नारा लेखिएका प्ले कार्ड सहित धनगढी चौराहबाट दिउँसो २ बजे निस्कीएको ¥याली एलएनचौकमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभालाई सम्बोधन गर्दै अधिकारकर्मी पुष्पा भट्टले बलात्कारवपछि हत्या गरिएकी बालिकालाई न्याय दिलाउन सरकार उदासिन बनेको बताईन्। नारी सुरक्षाको माग गरिन्।

घटना भएको तीन महिना पुग्नै लाग्दा समेत सत्यतथ्य बाहिर नआउनुको कारण के हो रु भन्दै उनले सरकारलाई प्रश्न गरिन्। अहिले पनि महिला असुरक्षीत रहेकाले सुरक्षाको प्रत्याभुति दिलाउन माग गरिन्।

प्रर्दशनमा सहभागिले निर्मलालाई दे, बलात्कारलाई फाँसी दे, गृहमन्त्री राजिनामा दे, बहिरो सरकार मुर्दावाद लगायतका नारा लेखेका प्ले कार्ड बोकेका थिए। प्रर्दशनकारीले सरकार विरुद्ध नाराबाजी गरेका छन्।

१३ वर्षिया बालिका निर्मला पन्त गत साउन ११ गते बलात्कारपछि हत्या गरेको अवस्थामा उखुबारीमा मृत भेटिएकी थिईन्।

घटनाको सत्यतथ्य सार्वजनीक नगरेको भन्दै प्रहरी र सरकार विरुद्ध प्रर्दशन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search