नेकपाका सांसदबाटै अर्थमन्त्री डाक्टर खतिवडाको राजिनामा माग,कम्यूनिष्ट सरकारले जनतालाई राहात दिन नसकेको गुनासो

काठमाडौं । प्रदेश नंम्बर ५ बाट प्रतिनिधित्व गर्ने नेपाल कम्युनिस्ट पार्टीका सांसदले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गरेका छन् । शुक्रवार प्रधानमन्त्री कार्यालयमा छलफलका क्रममा सांसदहरुले वजेट आएपछि सरकार अलोकप्रिय बन्दै गएको र कम्यूष्टि सरकारले जनताले अनुभूति गर्ने कार्यक्रम ल्याउन नसकेको भन्दै अर्थ मन्त्रीको आलोचना गर्दै अर्थमन्त्रीको राजिनामा गराएर नयाँ अर्थमन्त्री ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको सांसद मेटमणी चौधरीले जानकारी दिए। ‘अहिलेको बजेटबाट जनताको माग संबोधन हुन सक्दैन, सकिन्छ भने बजेट करेक्सन गरौं, होइन भने अर्थमन्त्री नै चेञ्ज गरेर जानुपर्छ’ प्रदेश ५ का सांसद र प्रधानमन्त्रीसँगको छलफलमा चौधरीले प्रधानमन्त्रीसंग यही धारणा राखे ।

अर्थमन्त्रीकै कारण चुनावअघि नेपाल कम्युनिस्ट पार्टीप्रति रहेको जनताको आशा र भरोसा निराशामा परिणत हुन लागेको भन्दै सांसद चौधरीले हटाउन माग गरेका हुन् ।

‘चुनाव अगाडि र पछाडि नेपाल कम्युनिस्ट पार्टीप्रति जनताको आकर्षण आशा र अपेक्षा निराशामा परिणत भएको छ’ उनले बैठकमा आफूले राखेको संचारकर्मी सामु उनको धारणा यस्तो थियो  ‘अहिलेको अर्थमन्त्रीबाट कुनै गुञ्जायस छैन, चेञ्ज गरेर जानुपर्छ ।’

बैठकमा अन्य सांसदहरुले पनि बजेटबारे गुनासो गरे पनि राजीनामा भने मागेका थिएनन् । ‘अरुले सांकेतिक रुपमा राख्नुभयो, मैले सिधै भनेँ’ सांसद चौधरीले  भने ।

यस विषयमा प्रधानमन्त्री ओलीले भने सिधा जवाफ दिएनन् । उनले नेपाल कम्युनिस्ट पार्टीको सरकार बन्दा देश ठूलो आर्थिक संकटमा रहेकाले बाध्य भएर अहिलेको जस्तो बजेट ल्याउनुपरेको बताए । प्रधानमन्त्री ओलीले आगामी वर्षमा यसलाई सच्याएर जाने आश्वासन पनि दिए । ‘प्रधानमन्त्रीले आगामी वर्ष बजेट सच्याउने बताए, राजीनामाबारे केही वोलेनन’ उनले भने ।

सांसदहरु नन्दलाल रोकाया, खिमलाल भट्टराई, पूर्णा सुवेदी, हिराचन्द्र केसी, सोमप्रसाद पाण्डे, तुलसा थापालगायतका सांसदहरुले सरकार र मन्त्रीहरुको कामकारबाहीका साथै यो आर्थिक वर्षको वजेटका विषयमा धारणा राखेका थिए ।

उनीहरुले बाढी, डुवान, जंगली जनावारका आक्रमण, सिंचाइ र बाटोघाटो आदि विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । ‘हामीले सरकारले गरेका राम्रा र नराम्रा कामहरुबारे समीक्षा गर्‍यौं’ सांसद हिरामणि केसीले भने ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice