नेकपा कर्णाली प्रदेशको कार्यदलले प्रदेश र जिल्ला कमिटीको सूची हेडक्वाटरमा बुझायो

काठमाडौँ । पार्टी एकतापछि बनेको प्रदेशस्तरिय कार्यदलले कर्णाली प्रदेशको प्रतिवेदन नेकपा महासचिव बिष्णु पौडेललाई बुझाएको छ । स्थायी समिति सदस्य जनार्दन शर्मा, युवराज ज्ञवाली, केन्द्रीय सदस्य यमलाल कँडेल र मायाप्रसाद शर्मा रहेको कर्णाली प्रदेशको कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ ।

कर्णाली प्रदेशमा १० जिल्ला रहेका छन् । प्रदेश कमिटी १७५ सदस्यीय रहेछ । प्रदेश कमिटी र जिल्ला कमिटी पुर्नगठनको सुची पाटी मुख्यालयलाई बुझाएको हो । पार्टी मुख्यालयलाई सूचि बुझाउनेमा कर्णाली प्रदेश पहिलो बनेको छ ।

पार्टी एकतापछि बनेको कार्यदलले लामो समय छलफल गरेको थियो । तरपनि केही आशंकाकाबीच प्रदेश कार्यदलले आफ्नो काम सम्पन्न गरेको छ । कार्यदलले तयार पारेको प्रतिबेदन शुक्रवार महासचिव पौडेलले पार्टी मुख्यालय पुगेर बुझाइएको स्थायी समिति सदस्य युवराज ज्ञवालीले जनाए ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search