नेपालको लगातार दोश्रो हार, नेपाली टोली थाइल्यान्डको युवा टोली (यु–२३)सँग ४–० ले पराजित

काठमाडौं । एसियाली खेलकुद र साफ च्याम्पियनसिप फुटबलको तयारीका लागि थाइल्यान्डमा अभ्यासरत् नेपाली टोलीले मैत्रीपूर्ण खेलमा लगातार दोस्रो हार व्यहोरेको छ ।

शुक्रबार भएको खेलमा नेपाल थाइल्यान्डको युवा टोली (यु–२३)सँग ४–० ले पराजित भएको हो ।

मध्यान्तरसम्म १–० ले पछि परेको नेपालले मध्यान्तरपछि ३ गोल खाएको थियो ।

यसअघि, पहिलो अभ्यास खेलमा नेपाली युवा टोली मंगलबार स्थानीय पुलिस टेरोको ‘बी’ टिम सँग १–० ले पराजित भएको थियो ।

यो हारसँगै नेपालको थाइल्यान्ड अभ्यास पनि सकिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले इन्डोनेसियामा अर्को हप्ता सुरु हुने एसिया कप र भदौ १९ गतेदेखि बंगलादेशमा सुरु हुने साफ च्याम्पियनसिपको तयारीका लागि २७ सदस्यीय टोली थाइल्यान्ड पठाएको थियो । अब एसियाड खेल्ने टोली थाइल्यान्डबाट इन्डोनेसिया जानेछ ।

एसियाडमा फुटबलतर्फ २३ वर्षमुनिको टोलीले प्रतिस्पर्धा गर्दछ । तर, ओलम्पिकको नियमअनुसार तीनजना सिनियर खेलाडी राख्न सकिन्छ ।

एसियाडको समूह ‘डी’मा रहेको नेपालसँगै जापान, भियतनाम र पाकिस्तान समावेश छन् ।

पहिलो खेलमा नेपालले साउन २९ गते मंगलबार जापानसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search