नेपाली क्रिकेट टोलीको ऐतिहासिक भ्रमण, आज बेलायत जादै

काठमाडौं। बेलायातको लर्ड्समा हुने एमसीसी, नेदरल्याण्ड् र नेपाल सम्मलित त्रिकोणात्मक श्रृखंला र नेदरल्यान्ड्विरुद्ध हुने ऐतिहासिक एकदिवसिय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न नेपाली टोलीलाई आज बेलायत प्रस्थान गर्दैछ । युवा तथा खेलकुदमन्त्री जगत (सुनार) विश्वकर्माले टोलीलाई सफलताको शुभकामना दिँदै बुधवार नै एक कार्यक्रम आयोजना गरी विदाई गरेका थिए । त्रिकोणात्मक श्रृखंला जुलाई २९ मा लर्डस् मैदानमा आयोजना हुनेछ । त्यसपछि नेपाल र नेदरल्यान्ड्सबीचको एक दिवसीय क्रिकेट अगस्ट १ र ३ तारिखमा हुनेछ । त्यस्तै बेलायतमा नेपाली टोलीले चार अभ्यास खेलसमेत खेल्ने कार्यतालिका रहेको छ ।

नेपाली टोलीमा कप्तान पारस खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललित भण्डारी, सन्दिप लामिछाने, शक्ति गौचन, शरद भेषवाकर, सोमपाल कामी, ललित नारायण राजवंशी, मोहम्मद आरिफ शेख, सुवास खकुरेल र रोहतिकुमार पौडेल छन् । एकदिवसीय सिरिजको अन्त्यसंगै नेपाली टोलीका भेटेरान स्पिन बलर शक्ति गौचनले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने घोषणा गरेका छ्न् ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search