नेपाली फुटबल टोली स्वदेश फर्कियो

काठमाडौँ । साफ च्याम्पियनसिपमा सहभागिता जनाउँदै नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार स्वदेश फर्किएको छ ‌। बुधबार भएको सेमिफाइनलमा माल्दिभ्ससँग ३-० ले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो ।

नेपालले समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग २-१ को हार बेहोर्दै खराब सुरुवात गरेको थियो । त्यसपछिको खेलमा भुटानलाई ४-० र आयोजक बंगलादेशलाई २-० ले पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो ‌। अर्को समूहबाट माल्दिभ्स समूह उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

हालसम्म ४ पटक सेमिफाइनल पुगेको नेपालले फाइनल यात्रा भने तय गर्न सकेको छैन । यसअघि सन् २०१३ मा नेपाल घरेलु मैदानमा अफगानिस्तानसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search