नेपाली सेनालाई भारतीय सेनाको कमाण्डमा शान्ति मिशनमा पठाउन भारतको प्रस्ताव

काठमाडौं । संयुक्त राष्टसंघको मिशनमा जाने नेपाली सेनालाई भारतीय सेनाको मातहतमा राख्न भारत सरकारले राजनीतिक लविड थालेको छ । शान्ति मिशनमा जाने नेपाली सेनाललाई भारतीय सेना मातहत राख्न भारत सरकारले नेपाल सरकारलाई प्रस्ताव समेत गरिसकेको छ ।
पाकिस्तानलाई देखाउँदै क्षेत्रिय सुरक्षाको हवाला दिएर भारतले आफ्नो सेना मार्फत नेपाली सेना शान्ति मिशनमा खट्निु पर्ने प्रस्ताव प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्टमन्त्री डा.प्रकाशशरण महतलाई गरेको छ । तर नेपाल सरकारले भने औपचारिक कुनै प्रतिक्रिया र निर्णय नलिएको स्रोतले बताएको छ । भारतले यसअघि देखि नै शान्ति मिशनमा जाँदा सार्क मार्फत जानु पर्ने धारणा राख्दै आएको थियो ।
भारतले आफ्नो सेनाको कमाण्डमा नेपाली सेना शान्ति मिशनमा खट्टिनु पर्ने प्रस्ताव गरेपछि जंगी अड्डाले आपत्ति जनाएको छ । पाकिस्तान बाहेक सार्क राष्टहरुको संगठन विविआइएन मार्फत शान्ति मिशनमा खटाउनु पर्ने भारतको प्रस्ताव प्रति नेपाली सेनाले आपत्ति जनाएको छ ।
भारतको प्रस्ताव कुनै पनि हालतमा नमान्न र त्यस्तो कुनै सम्झौता नगर्न नेपाली सेनाले सरकारलाई आग्रह गरेको छ । परराष्टमन्त्री महत भारत भ्रमणमा जानु अघि सेनाले यस्तो आग्रह गरेको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search