नेपाल माल्दिभ्ससंग ३–० गोल अन्तरले पराजित,सपना अधुरै

काडमाण्डौ । बंगलादेशको ढाकामा रहेको बंगबन्धु रंगशालामा भैरहेको साफ च्याम्पियनसिपको सेमिफाइनलमा मालदिभ्सले नेपालविरुद्ध तीन–शून्य गोलको जीत दर्ता गराएर फाइनल प्रवेश गरेको छ ।

खेलको ८४औँ मिनेट र ८७ औँ मिनेटमा मालदिभ्सका लागि अब्दुल्लाहले दोस्रो र तेस्रो गोल गरेका हुन् ।

खेलको नवौँ मिनेटमा मालदिभ्सका इब्राहिम हसन वाहिदले सोझै फ्रिकिकलाई गोलमा परिणत गर्दै पहिलो गोल गरेका थिए । आजको खेलमा नेपालको डिफेन्स केही कमजोर देखिएको छ भने टिमको कम्बिनेशन पनि राम्रो देखिएको छैन । नेपालको फाइनल पुगेर उपाधि उचाल्ने सपना भने अधुरै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search