नौविसे–नागढुंगा सडक खण्डमा एक हप्ता सम्म ठूला मालवहाक सवारी चलाउन नपाइने

काठमाण्डौ । दशैंको मुखमा हुन सक्ने सडक जाम र सवारी चापलाई ध्यान दिँदै नौबीसे–नागढुंगा सडकमा ठूला मालवाहक गाडी प्रवेशमा रोक लगाइएको छ । एक हप्तासम्मका लागि ठूला मालवाहक सवारीसाधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दशैं मनाउन काठमाडौंबाट बाहिरिने गाडीको चाप बढ्ने भएका कारण मालबाहक सवारी प्रवेशमा रोक लगाइएको हो। यात्रुहरूलाई सुरक्षित र समयमा नै गन्तव्यमा पुर्‍याउन विभिन्न घुम्तीमा २४ घण्टा प्रहरी पनि परिचालन गरिएको छ। क्षमताभन्दा बढी भार बोकेका गाडी उकालोमा बिग्रेर जाम हुने गरेको समस्या दैनिकको हो ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search