न्यायाधिश दिपकराज जोशीले लगाए डाक्टर केसीमाथि अंकुश, सरकारको पक्षमा आदेश

काठमाडौं । मुलुकी अपराध (संहिता) ऐन २०७४ संशोधन प्रकृया अगाडि नबढाउन सर्वोच्च अदालले आदेश दिएको छ ।

न्यायाधिश दिपकराज जोशीको एकल इजलासले अर्को सुनुवाई नभएसम्मका लागि सरकार र चिकित्सकहरुबीच भएको सहमति अनुसार संहिता संशोधन नगरि यथास्थितिमै राख्न आदेश दिएको हो । आदेशमा बन्द हड्ताल लगातका काम नगर्न पनि आदेश दिइएको छ ।

यसअघि स्वास्थ्य मन्त्रालय, नेपाल मेडिकल काउन्सिल र आन्दोलनरत चिकित्सकहरुको संस्था नेपाल चिकित्सक संघबीच ऐन संशोधन गर्ने विषयमा सहमति भएको थियो ।

गत २५ गते स्वास्थ्य मन्त्रालयले विज्ञप्ती जारी गर्दै संहिता संशोधनको प्रक्रिया अघि बढिसकेको जनाएको थियो । मन्त्रालयको विज्ञप्तिपछि चिकित्सकहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search