पूर्वराजदूत झाको हत्या अभियोगमा पक्राउ परेका तीनैजना धरौटीमा छुटे

काठमाडौँ । फ्रान्सका लागी पूर्व नेपाली राजदूत केशवराज झाको हत्या अभियोगमा पक्राउ परेका तीनै जना थुनामुक्त भएका छन्। प्रहरीले झाको हत्या अभियोगमा झाको घरमा सुरक्षा गार्ड काम गर्दै आएका सानुकान्छा तामाङ, मालीको काम गर्ने आइतसिंह तामाङ र जय बहादुर गुरुङलाई नियन्त्रणमा लिएको थियो।

भदौ ४ गते काठमाडौँको बवरमहलस्थित आफ्नै निवासमा झा मृत भेटिएका थिए। सुतिरहेको ठाउँमा मृत फेला परेपछि घटनाको अनुसन्धान शुरु गरेको प्रहरीले सुरुमा सानुकान्छा तामाङ, मालीको काम गर्ने आइतसिंह तामाङ र जय बहादुर गुरुङलाई पक्राउ गरेको थियो। महानगरीय अपराध महाशाखाले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। तर अनुसन्धानको क्रममा तिनैजनाको संलग्नता पुष्टि हुन नसकेपछि उनीहरु छुटेकोे अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक धिरतप्रताप सिंहले जानकारी दिए।

तिनैजनालाई प्रमुख जिल्ला अधिकारीको आदेशले ८–८ हजार धरौटीमा छाडिएको सिंहले जानकारी दिए । महानगरीय अपराध महाशाखाले २४ दिन हिरासतमा राखेर सानुकान्छा, आइतसिंह र जय बहादुरबारे अनुसन्धान गरेको थियो। झाको टाउको र घाँटीमा गम्भीर चोट लागेको थियो।

प्रतिक्रिया दिनुहोस्
X
Type to search