पूर्व मान्यज्यूलाई जन्मकैद

सिमरा । आफुनै पार्टीका नेता तथा हककर्मीको हत्या गरेको अभियोग प्रमाणित भएपछि पूर्वसभासद रामचन्द्र प्यासी कुशवाहालाई जन्मकैदको फैसला सुनाइएको छ । तत्कालीन नेकपा एमालेका नेता महमुद आलमको हत्या अभियोग लागेका कुशवाहालाई उच्च अदालत वीरगन्जले जन्मकैदको फैसला सुनाएको हो । जिल्ला अदालतले पनि उनलाई हत्याका मुख्य दोषि मान्दै १० बर्ष जेल सजाय सुनाएको थियो । उच्च अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

२०७३ वैशाख १५ गतेदेखि जेल सजाय काटिरहेका प्यासीलाई उच्च अदालत वीरगन्जले जन्मकैदको फैसला सुनाएको हो । आलमकी पत्नी नेजमाले दिएको पुनरावेदनमा एक नम्बर इजलासका मुख्य न्यायधीश डिल्लीराज आचार्यको इजलासले ज्यान मार्ने मुख्य योजनाकार ठहर गर्दै प्यासीलाई उक्त फैसला सुनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search