प्रदेश नम्बर १ को नाम र राजधानी साउनमा घोषणा हुने, प्रदेश मन्त्रीमण्डल ११ सदस्यीय बनाइने

विराटनगर । प्रदेश नम्बर १ को नाम र राजधानी आगामी साउन महिनाभित्रै तोक्ने तयारी गरिएको छ । प्रदेश सरकारको मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले गरेको निर्णयबारे जानकारी दिदै प्रदेश सरकारका प्रवक्ता एव आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले प्रदेशको नाम र राजधानी तोक्ने सन्दर्भमा आफूहरु तेस्रो हुने भन्दै साउन महिनाभित्रै तोकिने बताए । प्रदेशको राजधानी विराटनगर नै बनाउन सहमति जुटाउने प्रयास भइरहेको बताए । मन्त्री कार्कीले कर्णाली र गण्डकी प्रदेशले अस्थायी राजधानी भएकै ठाउँलाई स्थायी बनाएको भन्दै प्रदेश नम्बर १ ले पनि विराटनगरलाई नै बनाउने संकेत गरेका हुन् । उनले अब प्रदेशमा प्रतिनिधित्व गर्ने दलका उच्च तहका नेता र प्रदेश सभासदहरुसँग यस बिषयमा चाडै छलफल चलाइने मन्त्री कार्कीले जानकारी दिए ।
साथै प्रदेश नम्बर १ को मन्त्रीमण्डल पनि बिस्तार हुने भएको छ . हालको पाँच सदस्य मन्त्री मण्डलको आकार बढेर ११ सदस्य पुग्ने मन्त्री कार्कीको भनाई थियो । केन्द्रसँगपनि छलफल गरी गाँठो फुकाउनु पर्ने भएकाले कम्तिमा ९ बढीमा ११ पुग्ने मन्त्री कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search