प्रदेश नम्वर ५ को चालु बजेट अधिवेशन अन्त्य, १५ विधेयक पारित

काठमाण्डौ । प्रदेश नम्वर ५ को मन्त्रीपरिषदको बुधबार बसेको बैठकले बिहीबार रातीदेखि चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको निर्णयसंगै प्रदेश नम्बर पाँचको दोश्रो अधिवेशन अन्त्य भएको हो । वैशाख ३१ गते सुरु भएको अधिवेशनमा २८ वटा बैठक बसेको प्रदेशसभा सचिवालयले बताएको छ ।

चालु अधिवेशनले १५ वटा विधेयक पारित गरेको छ । पारित भएका विधेयक मध्ये १४ विधेयक प्रदेश प्रमुख उमाकान्त झाले प्रमाणित गरिसक्नु भएको छ । पहिलो अधिवेशनमा ८ वटा र दोश्रो अधिवेशनमा दर्ता भएका ७ विधेयक दोश्रो अधिवेशनले पारित गरेको हो । यो अधिवेशनले आर्थिक वर्ष २०७५।०७६ को बजेट पारित गरेको छ भने स्थानीय तहका जनप्रतिनिधिहरुले पाउने सेवा सुबिधा सम्वन्धी विधेयक पनि पारित गरेको छ ।

अधिवेशनले प्रदेशको स्थायी राजधानी र नामाकरण गर्न अधिकार सम्पन्न बिशेष समिति बनाएको छ । जसले ३ महिनाभित्र प्रदेशको स्थायी राजधानी र नाम जुराएर सिफारिस गर्नेछ । अधिवेशनले सहमतिको आधारमा ६ वटा विषयगत समिति पनि बनाएको छ । एउटा विशेषाधिकार समिति पनि बनेको छ । तर प्रदेशको नाम के राख्ने भन्ने विषयमा भने अधिवेशनले कुनै टुङगो लगाउन सकेन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice