बलात्कारीभन्दा कमजोर बन्दै बहुमतको ओली सरकार

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका समयमा भनेका थिए ‘अब कम्यूनिष्टको सरकार बन्छ, हत्या बलात्कार जस्ता घटना बिल्कुलै हुँदैनन्, रातिसम्म स्वतन्त्र भएर ढुक्कसम्म घुम्दा हुन्छ ।’ निर्वाचनपछि कम्यूनिष्टको सरकार बन्यो ओली प्रधानमन्त्री पनि भए तर हत्या र बलात्कारका घटनामा कमी होइन इतिहाँसमै सवैभन्दा बढि जघन्य अपराध मौलाना थालेको छ ।

गत आर्थिक बर्ष २०७४/२०७५ मा सवैभन्दा बढि समय ओली नै प्रधानमन्त्री भए । तर यसै आर्थिक बर्षमा १२४४ बालिका बलात्कार भएका छन् । जीवनभर कलंक लाग्ने बलात्कारको मुख्य अपराधी कानुनी दायरामा सवै आउन सकेका छैनन् । उनीहरुले कम्यूनिष्ट सरकारको अनुभूति पाउन सकेका छैनन् ।

बलात्कार घटनामा बृद्धि हुँदै जाने तर अपराधी कारवाहीमा नपर्ने भएपछि पत्रकार सम थापाले समाजिक सञ्जालमा लेख्छिन् ‘बलात्कारका घटना सुन्यौं मात्र यस्तो भयो उस्तो भयो तर हामी सुन्दैनौ तिनलाई कति कारवाही भयोरु बलात्कारीको मनमा डर होइन हाम्रा बहसले रोमाञ्चकता त पैदा गरेको छैन ?’ बलात्कारका घटनामा कमी होइन बृद्धि हुँदै गइरहेका छन् । समाज अपराधतिर गइरहेको छ भने सरकारको कानुन र कारवाहीको प्रक्रिया कमजोर बनिरहेको छ ।

गत चैतमा महिला सांसदहरुले महिला हिंसाबिरुद्धको संकल्प प्रस्ताव संसदमा दर्ता गराएका थिए । सांसद बिन्दा पाण्डेको नेतृत्वमा प्रस्ताव गरिएको संकल्प प्रस्ताव संसदमै अलपत्र परेको छ । तरपनि प्रधानमन्त्री ओलीले चासो दिएका छैनन् । ११ चैतमा दर्ता गरिएको महिला हिंसाविरुद्धको प्रस्ताव माथी अझै छलफल हुन सकेको छैन । प्रधानमन्त्री ओलीले त्यसलाई अझै परिमार्जीत गरेर छलफलमा लैजाने आश्वासन महिला सांसदहरुलाई दिँदै आएका छन् ।

बर्षेनी बलात्कारका घटना बढ्दै गएका छन् । अघिल्लो बर्ष ११३१ किशोरी बलात्कृत भएका थिए भने यो बर्ष १२४४ बलात्कार भएका छन् । बहुमतको सरकार हुँदा घट्नु पर्ने अपराध झन बढ्दै गएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice