बैकको ब्याज घटाउ, नत्र समातेर जेल हाल्छु : गभर्नर नेपाल

काठमाडौँ । नेपाल राष्ट्र बैकका गभर्नर डा.चिरञ्जिवी नेपालले बैंकहरूलाई ऋणको ब्याज घटाउन निर्देशन दिएका छन् । उनले निक्षेप संकलनमा नयाँ योजना ल्याउने बैंकहरूले ऋण दिँदा ब्याज नघटाए राष्ट्र बैंक कडा रूपमा प्रस्तुत हुने समेत चेतावनी समेत दिएका छन् ।

आर्थिक पत्रकाहरूलाई बैंकिङ क्षेत्रका विषयमा जानकारी दिन बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा गभर्नर नेपालले भने, ‘अब बैंकले ऋण घटाउनुपर्छ । निक्षेप संकलनमा योजना ल्याउनेले ऋण दिँदा ब्याज घटाउनु पर्छ । वित्तीय क्षेत्रलाई पुलिसको व्यवहार गर्न नपरोस, समातेर जेल हाल्ने काम गर्न नपरोस।’ वित्तीय क्षेत्रले निक्षेप संकलन गरेर तरलता बलियो पार्नु पर्नेमा उनले जोड दिए ।

गभर्नर नेपालले वित्तिय क्षेत्रलाई अन्तर्राष्ट्रिय नियमअनुसार सञ्चालन गर्नुपर्ने पनि बताए । वित्तिय क्षेत्र पारदर्शी हुनुपर्नेमा जोड दिँदै नेपालले भने, ‘बैंकहरूले प्रतिवेदन साधारण, सरल, सहज भाषामा तयार पार्नुपर्छ । अनि मात्र पत्रकारले पनि बुझेर समाचार राम्रो लेख्न सक्छन् ।’

बजारबाट साउनको तीन हप्तामा ९३ अर्ब २५ करोड रुपैयाँ संकलन गरिएको जानकारी दिँदै गभर्नर नेपालले उक्त रकम विकास योजनामा लगाउने बताए । गभर्नर नेपालले आर्थिक वृद्धि आठ प्रतिशत नै पुग्ने संकेत देखिएको बताए ।

उनले बजारमा पैसाको पहुँच पु¥याउन सहज बाटो प्रयोग गर्न राष्ट्र बैंक लागिपरेको बताउँदैे त्यसका लागि वित्तिय क्षेत्रबाट आवेदन माग गरिएको जानकारी दिए ।

One thought on “बैकको ब्याज घटाउ, नत्र समातेर जेल हाल्छु : गभर्नर नेपाल

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice