भक्तपुरमा २२ घर भत्किएसंगै तीन जनाको ज्यान गयो ।

काठमाण्डौं । लगातारको वर्षा पछिको पहिरोले भक्तपुरमा २२ वटा घर भत्किएको छ भने तीन जनाले ज्यान गुमाएका छन । भक्तपुरका सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा रहेका घरहरु भत्किएको हो भने बागेश्वरीमा तीन जनाको ज्यान गएको थियो । विहीबार भक्तपुरका ठिमी, सूर्यवनायक, चाँगुनारायण, जगाती, दुवाकोट, राधेराधे, लिबाली, सल्लाघारी, सृजनाचोक लगायतको क्षेत्र डुवानमा परेको थियो । बाढीले ५० घरका परिवार विस्थापित भएका छन् भने सयौँ प्रभावित भएका छन् । दिनभरी त्रासमा रहेका बाढी प्रभावितहरु नसुतिकनै रात बिताउन बाध्य भएका छन । पानी पर्न कम भएसँगै बाढीको जोखिम कम भए पनि घरको भूईं तलामा जमेको पानी निकाल्न सकिएको छैन । केहीले मेसिन लगाएर घर भित्रको पानी फ्याँकेका छन् तर धेरैको घरमा पानी अझै पनि जमिरहेको छ । बाढीले घरमा रहेको समानसँगै गोदामहरु पनि डुबाएकाले करोडौँं रुपैयाँको नोक्सानी भएको हुन सक्ने अनुमान गरिएको छ । डुबान प्रभावित क्षेत्रमा लगत संकलनको काम भइरहेको छ । आज बेलुकीसम्ममा लगत संकलन सक्ने र क्षतिको विवरण सार्वजनिक गरिने भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो । बाढी प्रभावितलाई सरकारले राहत वितरण गर्दैछ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice