भाइटीका लगाई दिन प्रधानमन्त्रीका दुई बहिनी बालुवाटारमा

फाइल फाेटाे

काठमाण्डौ । विरामीबाट तंग्रिएर आराम गरिरहेका  प्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्षको भाइटीका बालुवाटारमै लगाउने भएका छन् । भाइटीका लगाउनकालागि प्रधानमन्त्रीका दुई जना बहिनीहरु बालुवटार अइपुगेका छन्। चितवनबाट जेठी बहिनी विष्णुमाया ढकाल र काँकडभिट्टाबाट माहिली बहिनी कौशिला प्रधानमन्त्री ओलीलाई टीका लगाइदिन बिहीबार बालुवाटार आइपुगेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिाकरीले जानकारी दिएका छन ।

दशैंपछि स्वास्थ्यमा समस्या देखिएपछि ५ दिन अस्पताल बसेका ओली बालुवाटारमा  आराम गरेर बसिरहेका छन्। प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालका अनुसार उनी अझै एक साता बालुवाटारभित्रै विभिन्न मन्त्रालयका कामहरु नियाल्दै बस्नेछन् । मन्त्री मन्त्रालय र निकाएको प्रगति विवरण हेर्नको लागि प्रधानमन्त्री कार्यालयले  नयाँ प्रविधि सुरु गरेएको छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search