भारतीय हस्तक्षेप रोक्दा एक जना नेपालीको मृत्यु

२६ फागुन, कञ्चनपुर । कञ्चरपुरको सीमा क्षेत्र आनन्द बजारमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गोली चलाउँदा एक जना नेपालीको मृत्यु भएको छ । भारतीय क्षेत्र हस्तक्षेपको प्रतिरोधमा उत्रिएका नेपाली माथि गोली चलाइएको हो ।
मृत्यु हुनेमा स्थानीय गोविन्द गौतम रहेका छन् । उनी कम्मरमा गोली लागेर गम्भीर घाइते भएका थिए । गम्भीर घाइते गोविन्द गौतमलाई उपचारका लागि धनगढि स्थित सिपी अस्पतालमा पुर्यााइएको थियो । अस्पतालमा केहि बेरमै उहाँको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search