भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने जोश बढेको छः कप्तान पारस खड्का

काठमाडौं । नेदरल्याण्डसँग पहिलो एकदिवसीय खेल बरावरीमा टुङग्याएर नेपाल फर्केका नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले अब छिट्टै विश्वको शक्तिशाली टिम भारतसँग प्रतिस्पर्धा गर्ने बताएका छन् ।

‘हामीले पहिलो खेल नेदरल्याण्डसँग खेल्यौ, हामीमा उत्साह जागेको छ, अब हामी भारत र पाकिस्तानसँग म्याच खेल्न चाहान्छौ’ सोमबार विहान अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेका खड्काले क्रिकेटका शक्तिशाली राष्ट्रसँग प्रतिस्पर्धा गर्ने चाहाना राखेका छन् ।

नेदरल्याण्डसँग पहिलो एकदिवसीय श्रृखला खेलेको नेपाली टोली फर्केको छ । टोलीसहित नेपाल फर्केका कप्तान खड्काले देशमा क्रिकेट खेल्न वातावरण राम्रो भए नेपाली टोलीले विश्वका सवै राष्ट्रसँग क्रिकेटमा प्रतिस्पर्धा गर्ने बताए ।

नेदरल्याडसँगको दोस्रो खेलमा उत्कृष्ट प्रर्दशन गरेका नेपाली टोलीका अलराउन्डर सोमपाल कामीले आफुहरुमा उत्साह जागेको प्रतिक्रिया दिएका छन् भने करण केसीले अझै पनि थप मजबुतरुपमा खेल्ने बाचा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search