महान जनयुद्ध  (लघु कथा)

– धिरेन अनुपम

गोल्ड फल्याको काटुनलाई बिच्छाएर सडक किनार संगै जोडिएको घरको अागन अगाडी एकहुल मान्छे तास खेली रहेका थिए कोही रमिता हेर्दै त कोही पारिलो घाम ताप्दै अा-अाफ्नै कुरामा गफिदै थिए।माघ महिना सकिन एक दिन मात्र बाँकी थियो। त्सको भोलि पल्ट महान जनयुद्ध नवौं बर्षमा प्रबेश हुदै थियो।

गाउँमा माअोवादीको चहल पहल निकै थियो ।ठाउँमा ठाउँमा गेटहरु बनाइएका थिए।तुल ब्यानर ध्वजा पतङ्गाल ले गाउँ दुलही झै सिङ्गारियको थियो। जनसेनाहरुको बाक्लो अोहर दोहर भइरहेको थियो।भोली विशाल बजारमा माअोवादीको केन्द्रिय नेताबाट जनसभा सम्बोधन हुदै थिय‍।माअोवादी इतरका जनतामा खुशी को लहर देखिनु स्वभाबिक नै थियो।

काँग्रेस एमाले भन्नेहरुत पहिलेनै भागेर सहर पसिसकेका थिए।गाउँ बाट पलाएन नभएका काँग्रेस एमाले बाच्नको लागी कि खुङखार माअोवादी बनेका थिए त कि राज्य र विद्रोहिको ससक्त भण्डाफोर गर्ने जनमोर्चा पार्टी का सदस्यमा भर्ति भएका थिए। गुटु भौगोलिक रुपमा अाफै सुन्दर ठाउँ भए पनि त्यसै माथी पन्चपुरी, कोटको डाँडो र चौकुने डाँडामाथी राताराता झण्डा फहराई रहदा गाउँ को सुन्दरतामा अझै रौनक्ता थपिएको थियो।

मंगलसैन हानेर गुटु छिरेका माअोवादी हरुको क्याम्प जीवन ज्योती मा.बि. झकमके मा थियो।घाइतेहरुको उपचारर्थ विशाल बजारमा स्वास्थ कर्मिहरुलाई पनि झकमकेमा  बोलाईएको थियो। स्कुल ठप्प बन्द थिगो गाउँमा एक प्रकारको त्रास कै तैहिमाम ब्याप्प देखिन्थ्यो भोली के हुनेहो?

जनसेना हरुको अ‍ोहरदोर ले सुनसान विउारानी बजार रमाईलोदेखिएता पनि भोटे मामा,लाहुरे बाजे,भाटकाका र सुनार बजेको चेहरा सधै झै चेहरामा चमक देखिन्नथ्यो । सिमलको रुखमा भक्ते, धनिराम ,धम्पा र धर्म र कलमको टिम क्यारेम बोर्डमा तास फिजायर म्यारिज खेलि रहेका थिए।विशाल बजारमा माअोवादीको जनसभा शुरु हुदै थियो जनता भाषण सुन्न जम्मा भैई सकेका थिए। माथि बाट हेलिकप्टरले गस्ती गरि रहेको थियो । लाग्छ मंगल सैन को भिडन्त पुन बिशालबजारमा हुदैछ।

केही बेरमा माथिबाट सेनाले गोली बारी गर्न सुरु गर्यो र मान्छे को भिड तितर बितर भयो लगाएको बाली माथी लगाम बिनाको घोडा भएर भिड दौडदा किसानहरुको गहुखेती सखाप भयो।  क. प्रेम भन्ने गर्थ्यो महान जनयुद्ध को सफल्ता पश्चात सर्वहारा बर्ग ले अधिकार प्राप्त गर्नेछ असमान सन्धी सम्झौता खारेज हुनेछ जनता र देश समुनत हुनेत जनताको गास,बास, कपास, स्वास्थ ,शिक्षा र रोजगारिको पुर्ण ग्यारेन्टी गरिनेछ ।

जनता अौषघी मुलो र भोक मारिको अभाब मा मर्नु पर्ने छैन जनताका नेता जनता भन्दा कहिल्यै माथी हुने छैन अादी कुरा भन्दै थियो उता भने शिखर अन्तले बाजेको घरको ठुलो भित्तामा सर्बहारा साँस्कृतिक क्रान्ति जिन्दावाद। महान जनयुद्ध जीन्दा………..के लेख्दै थियो स्थल मार्गबाट अायको शाही सेनाले प्रेम र शिखर लाई जमिनमा ढलाई सकेको थियो।

शरिर बाट रगत भल्भल्ती मुलझै उम्ली रहेको थिय‍ो । अाज पनि त्यो घरको भित्तामा लेखियका अक्षर जस्ताको तस्तै छन् । नेता भने २ करोडको गाडिमा त्यही बाटो भएर अोर दोहर गरि रहन्छन् । शिखर की श्रमती भने त्यही गाडिले उडायको धुलोलाई पछेउरीको फुर्को ले मुख छोप्दै गुटु खोलामा गिट्टी कुटेर छोराछोरी का लागी साझ विहान को जोह गर्न संघर्ष गरि रहेकी छे । शिखर द्वारा लेखित नारा महान जनयुद्ध जिन्दा………

अझै पनि अम्तले बाजेको भित्तामा अपुरै छ। वाद थपि दिन कसैलाई फुर्सद छैन।जनयुद्ध मा सहादत्त प्राप्त गरेका प्रेम का दाई भने चुनावताका विप्पल समुहले उम्मेदवार लाई लक्षित गरी वम पड्काएको र मतपेटीकामा अागजनी गरेको निउमा जेल चलान भएकाछन् ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search