मुख्यमन्त्री पौडेलको सिआइएसंग साठगाँठ रहेको छः स्थापित

काठमाण्डौ । बर्खास्तीमा परेका प्रदेश ३ का भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलको अमेरिकन गुप्तचर संस्था (सिआइए) सँग साँठगाँठ रहेको आरोप लगाएका छन् । स्थापितले संविधान, कानुन विपरीत अराजक ढंगले मुख्यमन्त्री पौडेल चलिरहेको दावी गर्दै तिहारपछि उनीविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिए ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रदेश राजधानी हेटौंडाबाट अन्यत्र सर्न नदिन मुख्य मन्त्री पौडेलले आफूलाई पदबाट बर्खास्त गरेको दावी गरे । स्थापितले मुख्यमन्त्री पौडेलले प्रदेश मन्त्रिपरिषदलाई जानकारी समेत नदिई प्रदेश नीति तथा योजना आयोग गठन गरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

स्थापितलाई आफूमाथि दुव्र्यवहार गरेको र कार्य सम्पादनमा चित्त नबुझेको भन्दै मुख्य मन्त्री पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमा पदबाट बर्खास्त गरेका थिए । स्थापितले मुख्यमन्त्री पौडेलले आफूमाथि अनियमितता गरेको आरोप लगाएपछि मन्त्रीपरिषद बैठकमा त्यसको प्रतिवाद गर्नु परेको स्पष्टिकरण दिएका थिए । उनले आफूले अनियमितता गरेको पुष्टि गरेर देखाउन पनि मुख्यमन्त्री पौडेललाई चुनौती दिए ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search