मेरो सपना पुरा भयो, अब विश्राम लिन्छु–शक्ति गौचन

नेपाली टोलीका स्टार खेलाडी शक्ति गौचनले १७ बर्ष लामो आफ्नो सपना पुरा भएको बताएका छन् । ‘सन् २००१ देखि अन्तराष्ट्रि एकदिवसीय खेल खेल्ने मेरो सपना थियो, आज हामीले त्यो पुरा गरेका छौ’ गौचनले भने ‘एउटा सपना पुरा भएको छ अर्काे टेष्ट खेल्न सपना अझै अधुरो छ ।’

उनले एकदिवसीय खेल खेल्ने आफ्नो सपना पुरा भएका कारण आफुले विदा लिन लागेको बताए । क्रिकेट बोर्ड र सरकारले वातावरण बनाए अझै एक म्याच नेपालमा खेल्ने आफ्नो इच्छा रहेको बताए । ‘म परिवारका सदस्य र फेनहरुका आँखा अगाडी एक म्याच खेल्न चाहान्छु, त्यो वातावरण सरकार र क्रिकेट बोर्डले जुराएमा’ उनले भने ।

शक्ति लामो समयदेखि नेपाली क्रिकेट खेलिरहेका छन् । नेपाली क्रिकेटलाई एकदिवसीय मान्यता दिलाउन उनकै शक्तिशाली नै भूमिका निर्वाह गरेका छन् । आफ्नो पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्न नेदरल्याण्ड जानुअघि सन्यासको घोषणा गरेका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice