रहेनन् पूर्वस्वास्थ्य राज्यमन्त्री आलम, मुलुकले उदयमान नेता गुमाएको प्रधानमन्त्री ओलीको भनाई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वस्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमको निधन भएको छ ।५३ वर्षीय आलमलाई बिहीबार गृहजिल्ला रौतहटमा बेला हृदयाघात भएपछि उपचारका लागि बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय रोग अस्पतालमा ल्याइएको थियो । उपचारको क्रममा अस्पतालमै शुक्रबार साँझ आलमको निधन भएको हो ।
उनको स्वास्थ्य अवस्था बुझ्न शुक्रबार अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारमा कुनै कमी हुन नदिन चिकित्सकहरुलाई निर्देशन दिएका थिए । तर, प्रधानमन्त्री फर्किएको केही समयपछि नै आलमको निधन भएको थियो । श्रद्धाञ्जलीका लागि आलमको पार्थिव शरीरलाई शनिबार विहान ८ बजेदेखि १० बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने नेकपाले जनाएको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले शोक वक्तव्‍य जारी गर्दै आलमको निधनप्रति दुःख व्यक्त गरेका छन् । आलमको निधनबाट पार्टीले मुस्लिम समुदायबाट उदाएको एउटा असल नेता गुमाउनु परेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
केपी ओली नेतृत्वको अघिल्लो सरकारमा २०७२ कात्तिकदेखि २०७३ साउनसम्म आलम स्वास्थ्य राज्यमन्त्री बनेका थिए । त्यतिवेला उनी विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिक्का सांसद थिए । गत मंसिरमा भएको संघीय संसदको निर्वाचनमा भने आलम नेकपा प्रवेश गरेका हुन् । उनी रौतहट क्षेत्र नम्बर २ बाट वाम गठबन्धनबाट चुनाव लडेका थिए तर, उनी निर्वाचनमा पराजित भएका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice