रामवीरको पत्रकार सम्मेलनले नै वामदेवको काठमाण्डौ –७ को यात्रामा ब्रेक लगायो

काठमाण्डौ । पार्टीको आधिकारीक निर्णय भएको छैन । चर्चा चलेको मात्र हो रामबीरले अलिबढी चर्चा चलाउनु भयो हामीले मनोरञ्जन लिइरहेका छौं । विहीबार नेकपा सचिवालय सदस्य एवं उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले केही संचारकर्मि सामु दिएको अभिव्यक्ति हो । नेकपामा सवै जना सक्षम छन रामदेव, स्यामदेव, वामदेव जो पनि उठ्न सक्छन पार्टीले निर्णय ग¥यो र ठाउँ खालि भयो भने । म स्पष्ट कुरा राख्छु तपाई हरु मार्फत म पार्टीको आधिकारीक व्यक्ति हो नेकपामा विधि र प्रकृया अनुसार संस्थागत निर्णय चल्छ ।

पार्टी भित्रको यी र यस्तै गतिविधिले काठमाण्डौ ७ बाट उपचुनाव लड्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य बामदेव गौतमको चाहनामा ‘ब्रेक’ लागेको छ । गौतमको उम्मेदवारीलाई लिएर नेकपाभित्र बढ्दो अन्तरविरोध र पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टि पछि बामदेवको चुनाव लड्ने चाहनामा ‘ब्रेक’ लागेको हो भन्दा असान्दिर्भिक हुने छैन । खुमलटारबाट सुरुभएको काठमाण्डौ सातको गठजोड बालुवाटार आइपुग्दा पुरै लर्खरायो ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले समेत चाल नपाउने गरि अघिसारिएको खेलको तारतम्यले परिपक्वता नपाउँदै वामदेवलाई खेलको इनिंग्स रोक्ने स्थितिमा पु¥यायो । एकाएक काठमाडौं–७ का सांसद रामवीर मानन्धरले आफूले बामदेवका लागि ठाउँ खाली गरिदिने घोषणा गरेपछि यस विषयमा नेकपाभित्र छलफल सुरु भएको थियो । बुधबार धापासी हाइटमा रहेको ईश्वर पोखरेलको निवासमा वरिष्ठ नेता माधवकुमार नेपाल, स्थायी समिति सदस्य भीम रावल लगायतका नेताले झण्डै ४ घण्टा छलफलमा विताएको तथ्यले पनि महत्वपूर्ण अर्थ राख्छ । महाधिवेसन पछि ईश्वर पोखरेलको धापासी हाइटमा नेपुगेका नेता नेपाल बुधवार त्यहाँ पुग्नुले नेकपाको आन्तरिक राजनीतिमा जवरजस्त रुपमा समिकरण फेरबदलको संकेत गर्दछ ।

उता नेकपाको सचिवालयमा पार्टी अध्यक्ष ओलीसहितका केही नेताले गौतमको उम्मेदवारीका विषयमा प्रश्न उठाएपछि बामदेवका जटिलता बढेका हुन् । सुरुमा रामवीर मानन्धरले प्रचण्ड र गौतमसँग आफ्नो राजीनामाका विषयमा कुराकानी गरेका थिए । मानन्धर पूर्वएमाले समूहमा ओली निकट नेता मानिए पनि उनले आफ्नो राजीनामाका विषयमा प्रचण्ड र गौतमसँग पहिला सल्लाह गरेका थिए । स्रोतका अनुसार त्यसपछि गौतमले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीसँग यस विषयमा कुराकानी गर्न मानन्धरलाई सुझाव दिएका थिए । तर, प्रधानमन्त्री ओलीले समय नमिलाएपछि मानन्धर छलफलका लागि अर्का अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेका थिए । खुमलटारमा मानन्धर अघि नेता गौतम पुगिसेका थिए । त्यही छलफलमा प्रचण्डले राजीनामा दिने मनसाय हो भने सचिवालय वैठकमा छलफल गर्नुपर्ने बताएका थिए । पछि तीन नेताको सल्लाहामा मानन्धरले राजीनामा स्वीकृतका लागि निवेदन प्रचण्डलाई बुझाएका थिए ।

त्यही निवेदन सोमबारको सचिवालयको बैठकमा पेश भएको थियो । त्यसपछि उक्त निवेदनमाथि हमला हुन सुरु भयो । सचिवालयका एक सदस्यका अनुसार सोमबारको बैठकमा २४ गते बस्ने भनिएको सचिवालय बैठकबाट यो विषयमा निर्णय गर्ने गरी छलफल सकिएको थियो । तर बैठकमा महासचिव विष्णु पौडेलले निवेदन पत्र पठेर सुनाउँदा सचिवालय सदस्य ईश्वर पोखरेलले भने खुलेरै विरोध गरेका थिए । पछि उनले यो विषयमा सामाजिक सञ्जालमा पनि विरोध जनाए । अन्य नेताहरूको मौन समर्थन भएको ती सदस्यले बताए । सचिवालयको बैठकपछि प्रधानमन्त्री ओलीले सांसद मानन्धरसँग कुरा गरेका थिए । उक्त कुराकानीमा प्रधानमन्त्री ओलीले मानन्धरले राजीनामा दिन सक्ने तर नामै किटान गरेर बामदेवको नाम निवेदन नलेख्न निर्देशन दिएका थिए स्रोतले जनाएको छ । ओलीले यसबाहेक बामदेवको नाम किटान गरेर राजीनामा आए यसलाई स्वीकृत नगर्ने सीधा जवाफ दिएको बताइएको छ ।

त्यसपछि मानन्धरले बामदेवको नाम उल्लेख नगरी राजीनामा दिएपछि बामदेव उम्मेदवार हुन्छन् कि हुँदैनन् भनेर जिज्ञासा राखेका थिए । स्रोतका अनुसार मानन्धरको जिज्ञासामा ओलीले ‘पहिला तपाईंको राजीनामा आओस्, अनि मात्र को उठाउने भन्ने टुङ्गो लाग्छ । बामदेव उम्मेदवार हुन पनि सक्छन् र अरू कोही पनि आउन सक्छन् ।’ भन्ने जवाफ दिएका थिए । ओलीको यो जवाफपछि मानन्धरले थप दबाब महशुस गरेको तथ्य जनप्रतिनिधिहरुको भेलामा खुस्काएका थिए । नेता गौतमले पछिल्लो पटक एउटा यस्तो सूचना पाएका थिए, जसले उनलाई काठमाडौं–७ मा चुनाव लड्ने निर्णयबाट पछाडि हट्ने विकल्प सोच्न बाध्य पार्यो । त्यो सूचना थियो– नेकपाको पूर्वएमाले समूहबाट बागी उम्मेदवारी खडा गर्ने तयारी ।

गौतम गुपचुप रुपमा कामको प्रकृयालाई आफ्नो प्रभावमा पार्दै काठमाण्डौ–७ मा पुग्ने मनस्थिति बनाइरहेका थिए तर मंगलबार सिंगो पार्टी प्रणालीलाई बाइपास गर्दै पत्रकार सम्मेलन मार्फत रामवीरले वामदेवको नाममा शंखघोस गर्नु नै गौतमका लागि संघीय संसद भवन बानेश्वर यात्रामा तगारो लाग्यो । फलश्वरुप २४ गते बस्ने भनिएको सचिवालय बैठक २७ गते हुँदै अनिश्चित समयकोलागि सरेको छ । भन्ने नै गरिन्छ रात रहेपछि अग्राख पलाउँछ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search