लक्ष्मीपूजा अनि काठमाण्डाैकाे झिलिमिली (फाेटाे फिचर)

काठमाण्डाै  । हिन्दू नेपाली हरुकाे चाड तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा । दिउँसो र साँझ लक्ष्मीपूजा गरेका नेपालीहरुले साँझ बत्ती बालेर घर झिलिमिली पारेका छन् । लक्ष्मीपूजाको दिन दियो र बत्ती बालेर पूजाकोठाका साथै सिंगो घर नै उज्यालो बनाउने गरिन्छ ।

शहरहरुमा त अनेक रंगका बत्तीले झिलिमिली नै पारिन्छ । बुधबार लक्ष्मीपूजापछिको साँझ काठमाडौं उपत्यका धपक्कै बलेको छ । काठमाडौं वरपरका अग्ला डाँडोबाट उपत्यका पुरै झिलिमिली देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search