वरिष्ठ संगितकार गुरुङलाई भेट्न प्रधानमन्त्रीदेखि नेतासम्म अस्पतालमा

काठमाडौं । स्वास्थ्य अवस्था गम्भिर भएपछि उपचार गराइरहेका बरिष्ठ संगितकार अम्वर गुरुङलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओलीदेखि एमाले नेताहरु काठमाडौंको ग्रान्डी अस्पताल पुगेका छन् । आइतबार वरिष्ठ संगितकार गुरुङलाई भेट्न सुचना तथा सञ्चारमन्त्री शेरधन राई र एमाले सचिव प्रदीप ज्ञवाली पुगे थिए ।
सञ्चारमन्त्री राई र ज्ञवाली पुगेलगतै प्रधानमन्त्री ओली अस्पताल पुगेका थिए । प्रधानमन्त्री ओलीले अस्पतालमा गुरुङका आफ्न्त र उपचारमा सहभागि चिकित्सकहरुसँग स्वास्थ्य स्थितिका बारेमा जानकारी लिएका थिए ।
संगितकार गुरुङकी श्रीमति बिना, छोरा किशोरसँग प्रधानमन्त्री ओलीले केहीबेर संवाद पनि गरेका थिए । केही समयअघि भारतबाट उपचार गराएर फर्केका गुरुङलाई तीन दिनअघि फेरी गम्भिर विरामी परेका थिए । गुरुङको अन्न नलीका कारण श्वासप्रश्वासमा समस्या देखिएको छ भने उच्च रक्तचाप पनि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search